विदेश जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण फेरी बेस्टीनेटले गर्ने, सूचना प्रविधिको प्रयोग गरिने

काठमाडौं, ५ साउन । विदेशजाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्ने काम फेरी मलेसियन कम्पनि बेस्टीनेट प्रालिले गर्ने भएको छ । एक वर्ष पहिले विवादमा परेको यो कम्पनीले अदालतबाट सफाई पाएपछि नेपालमा पुन कामदारको स्वास्थ्य परीक्षण गर्ने भएको हो ।
कम्पनीले कामदारको स्वास्थ्य परीक्षणमा विशिष्टिकृत सेवा अर्थात सूचना प्रविधिसम्बन्धि काम सरु गर्ने भएको छ । यस कम्पनिविरुद्ध नेपाल सरकारले स्वास्थ्य स्वास्थ्य परिक्षणको नाममा चर्काे सेवा शुल्क असुलेको भन्दै मुद्धा दायर गरेको थियो । यस कम्पनिले मलेसिया जाने नेपाली युवाको स्वास्थ्य सूचना प्रणालीमा काम गर्ने जनाएको छ । तर कुन कुन संस्था मार्फत गर्ने भन्नेबारे केहि प्रष्टाएको छैन् ।
मलेसियामा रोजगारका लागि जाने युवाको स्वास्थ्य परीक्षणको लागि नेपाल सरकारले पहिलो चरणमा ९९ संस्था तोकेपछि उक्त कम्पनिले नेपालमा पुन सेवा विस्तार गर्ने जनाएको हो । मलेसियाको स्टार अनलाइनले विदेशी कामदार केन्द्रिकृत व्यवस्थापन प्रणाली (एफडव्लुसीएमएस) लाई बेस्टीनेटले नेपालमा सञ्चालन गर्ने जनाएको छ । मलेसियाको गृह मन्त्रालयअन्तर्गत एफडव्लुसीएमएस अन्तर्गत नेपाललगायत विश्वका अन्य देशमा पनि सेवा विस्तार गर्न नयाँ योजना बेस्टीनेटले सार्वजनिक गर्दै नेपालमा सेवा केन्द्रित गर्ने जनाएको हो । यस कम्पिनीले मलेसियामा काम गर्न जाने १२ देशका कामदारको व्यवस्थापनमा सूचना प्रविधिको काममा सहयोग गरिरहेको जनाएको छ ।
वेस्टीनेटका कार्यकारी अधिकृत इस्माईल माहमेद नुरले स्टार अनलाइमा भनेका छन् 'नेपालको अदालतले हामीलाई हामीलाई सफाई दिएको छ, हामी नेपाल लगाएतका देशमा सेवा विस्तार गर्ने गरी सो देशको आवश्यकताअनुसार का मगर्ने योजना छ । यस काममा निजी क्षेत्रभन्दा पनि सरकारसंग सरोकार राख्ने व्यवस्थापनका धेरै विषयहरु रहेका छन् ।'