घुँडाको शल्यक्रिया गर्दा बिरामीको मृत्यु, नोबेल अस्पताल तनाबग्रस्त



Download our app to get more features

विराटनगर, ५ साउन । कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रमममा एक जना बिरामीको मृत्यु भएपछि आइतबार दिउँसो तनाबग्रस्त बनेको छ । घुडाकोे शल्यक्रिया गरेपछि सुनसरीको दुहवी नगरपालिका – ६ का ४७ वर्षिय सुनिल कुमार साहको आइतबार बिहान मृत्यु भएको थियो । 

चिकित्सकले उपचारको क्रमममा लापारबाहि गरेको भन्दै मृतकका आफन्तहरू अहिले आन्दोलनमा उत्रिएका छन् । लापारबाही गर्ने चिकित्सकलाई कारवाहीको माग राख्दै उनीहरूले अस्पताल अगाडी नाराबाजी गर्दै बसेका हुन् । करिब तीन सयको खंख्यामा पिडितका आफन्त र स्थानिय आन्दोलित छन् ।  घरबाट मोटसाइकल निकाल्ने क्रममा गत बिहीबार साहको घोडामा चोट लागेको थियो । सोही दिन घोडामा लागेको चोटको नोबेलमा उपचारपछि घर फर्किएका थिए । साह शुक्रबार फलोअपमा नोबेल अस्पताल आएका थिए ।

 हाडजोर्नी तथा नशारोग विशेषयज्ञ डा. धिरज सिंहले शल्यक्रिया गरिनुपर्ने बताएपछि उनलको टिमले साहको शल्यक्रिया गरेको थियो । ‘डा. सिंहले घोडामा लागेको चोट बढदै गएकोले शल्यक्रिया गरिनुपर्ने बताएका थिए । शल्यक्रिया गर्न हामी पनि तयार भयौं । शनिबार शल्यक्रिया भयो । त्यसदिन हामीलाई भेटन दिइएन,’ ‘मृतकका भाई प्रदिप साहले भने, ‘आइतबार विहान त मृत्यु भइसकेको जानकारी दिइयो । यस्तो खबर सुन्दा हाम्रो होस  उड्यो । एक छिन अगाडी घरबाट मोटसाइकल चलाएर आएको मान्छे, अहिले चिकित्सवले मृतक घोषणा ग¥यो । खुटाको उपचार गर्दा मान्छे कसरी मृत्यु भयो ? त्यो पनि विहान  मृत्यु भएको रहेछ । हामीलाई आइतबार ९ बजेमात्र जानकारी दिइयो ।’ उपचारमा लापारबाही गर्ने चिकित्सकलाई कडा कारवाहीको माग पीडित पक्षले राखेको छ ।

यता नोबेल मेडिकल कलेजका प्रशासकिय अधिकृत नारयण दाहालले उपचारको क्रममा विरामीको मृत्यु भएको भन्दै अस्पतालले कुनै पनि लापारबाही नगरेको दाबी गरे । शल्यक्रिया गरेपछि वार्डमा सार्ने क्रममा चिकित्सकले दिएको जानकारी अनुसार ‘हृदयघात’ भएर यस्तो भएको उनले बताए । ‘विरामीलाई बचाउन हामीले तत्काल आइसियूमा राखेर हरसम्मको उपचार गरेको हो,’ उनले भने ।

Last modified on 2019-07-21 17:26:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts