बाढी पीडितका लागि नर्भिकको नि:शुल्क स्वास्थ्य शिविर



Download our app to get more features


काठमाडौं, ५ साउन । नर्भिक इन्टरनेशनल अस्पतालले बाढी प्रभावित क्षेत्रमा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

अस्पतालले महोत्तरीको मनरा शिसवा नगरपालिकामा शनिवारबाट शिविर सन्चालनमा ल्याएको हो । शिविरको नेतृत्व गरिरहेका अस्पतालका चिकित्सक डा.बरुण शाहले बाढी पिडितलाई लक्षित गरि शिविरको आयोजना गरेको जानकारी दिएका छन् । उनका अनुसार आइतबार सम्पन्न हुने शिविरमा १५ सय लाई सेवा दिने लक्ष्य रहेको छ । यो समाचार तयार पार्दासम्म शिविरबाट ६ सय जनाले सेवा लिइसकेका छन् । 

बाढी प्रभावित क्षेत्रमा सन्चालन गरिएको उक्त शिविरमा सेवा लिन आउनेलाई देखिएका सामान्य समस्याका लागि अस्पतालले निशुल्क औषधिको व्यवस्था समेत गरेको डा साहले बताए  । उनका अनुसार सेवाग्राहीमा बान्ता  तथा झाडापखलाका समस्या बढी देखिएका छन् ।   
 

Last modified on 2019-07-21 17:25:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts