वरिष्ठ मुटुरोग विशेषज्ञ डा.कोइरालाको नेतृत्वमा ७ वटै प्रदेशमा बाल अस्पताल खुल्दै

काठमाडौं, ४ साउन । इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसिएच) ले बालबालिकाको उपचारमा बहुउपचार तथा विशेषज्ञ सहतिको अस्पताल स्थापना गर्न लागेको छ ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालको अगुवाइमा नेपालका सात वटै प्रदेशमा विशेषज्ञ सहितको बाल अस्पताल खुल्न लागेको हो ।
शनिबार आयोजित एक कार्यक्रमकाबीच डा कोइरालाको नेतृत्वमा रहेको केआईओसिएचले बालबालिकाको उपचारमा बहुउपचार तथा विशेषज्ञ अस्पताल स्थापना गर्न लागेको जानकारी दिइएको हो । डा. कोइरालाले एउटै छानामुनि सुविधासम्पन्न उपचार सेवा पाउँदा नागरिकलाई १० ठाउँ जानुपर्ने बाध्यताको अन्त्य हुने बताए ।
सातवटै प्रदेशमा अस्पताल निर्माणका लागि २ अर्बभन्दा बढी लागनी लाग्ने अनुमान गरिएको छ ।
किओचको ब्रान्ड एम्बेस्डर भारतीय सांगितिक कार्यक्रमका सेकेन्ड रनर अप बनेका प्रितम आचार्यलाई बनाइएको छ ।