कसरी राख्ने जिन्दगीलाई खुशी ?

तनाव कम गर्ने उत्तम उपाय व्यायाम



Download our app to get more features


काठमाडौं, ४ साउन । उर्जाशील हुनुको एउटै उत्तम उपाय खुसी हुनु हो । खुशी मानिस निकै ऊर्जाशील हुन्छन् र जिन्दगीमा धेरै सफलता समेत हात पार्छन् । निःसन्देह हामी सबै खुशी हुन चाहन्छौ । तर खुशी कसरी रहने त ? यी ७ तरिका जिन्दगीलाई खुशी राख्न काफी छन् । 
मुस्कान 
मुस्कानले मानिसलाई खुशी बनाउँछ । सधैं सकारात्मक चिन्तनका साथ अघि बढ्न प्ररित गर्छ । मिचिगन विश्वविद्यालयको अध्ययनअनुसार मुस्कानले मानिसलाई ऊर्जाशील बनाउँछ ।

बौद्धिक काम गर्ने क्षमता बढाउनका लागि समेत मुस्कुराउन जरुरी छ । मुस्कानले केही मात्रामा पीडा पनि कम गर्छ । ‘मुस्कानले हामीलाई आनन्छ महसुस गराउँछ ।

हाम्रो सोच शक्तिमा वृद्धि गराउँछ’, मनोविद् जोन इटल भन्छन् । जब आनन्द महसुस हुन्छ निसन्देह खुसी प्राप्त हुन्छ । 
व्यायाम 
व्यायाम तनाव कम गर्ने उत्तम उपाय हो । व्यस्त मानिसहरुलाई धेरै व्यायाम गर्ने फुर्सद कहाँ ? जम्मा ७ मिनेट समय व्यायामलाई छुट्याएमा तनावलाई भगाएर खुशी रहन सकिन्छ ।

यसको परीक्षणका लागि वितृष्णाका रोगीलाई दुई तरिकाले उपचार गराइयो । एउटालाई औषधि दिएर, अर्कोलाई व्ययाम गराएर र एकलाई दुवै विधिले । परिणाम आश्चर्यजनक देखियो ।

‘सहभागीमध्ये व्यायाम गर्नेहरुमा वितृष्णा निकै कम थियो’, साउन एकरले द एडभान्टेज अफ हाप्पीनेस पुस्तकमा उल्लेख गरेका छन् । 

व्यायामले मानिसलाई आनन्दित बनाउँछ । स्मरणशक्ति बढाउँछ । स्वास्थ्य मनोविज्ञान सम्बन्धी अध्ययनले दैनिक व्यायाम गर्ने मानिसहरुको शारीरिक अवस्थामा कुनै परिवर्तन नआउँदा पनि उनीहरु असाध्यै खुसी र तनावरहित हुने देखाएको छ । 

मस्त सुताइ
मस्त निदाउने मानिस बढी खुसी हुने गरेको देखिएको छ । मस्त सुत्दा शरीरलाई आराम हुनुका साथै शरीर फुर्तिलो हुने विज्ञ अस्ले मेरिम्यान बताउँछने । कम सुत्ने मानिसमा नकारात्मक भावना बढी हुने अनुसन्धानले देखाएको छ । उनीहरुमा रिसाउने र झर्किने स्वभाव बढी हुने गरेको पाइएको छ । 

परिवार र साथीसँग रमाउने 
घरपरिवार र साथीभाइसँग समय बढी बिताउने मानिस धेरै खुशी हुने गरेको छन् ।

‘साथीभाइ, इष्टमित्रसँगको जमघटबाट प्राप्त हुने खुशी निकै पृथक खालको छ, जब हामी जमघट गर्छौ सबै पीडा भुलेर बडो आनन्द महसुस हुन थाल्छ’, विज्ञ डेनियल भन्छन् । 

साथीभाइसँग समय बढी बिताउँदा सामाजिक सबन्ध बलियो बन्छ ।

आपतविपतमा सहजै सहयोग पाइन्छ र दुःखी हुनपर्ने अवस्था आउँदैन । ‘सामाजिक सम्बन्ध बलियो भएको मानिसले सबैको साथ र सहयोग पाउँछ । उसले एक्लो महसुस गर्नुपर्ने अवस्था नआएपछि खुशी स्वतः प्राप्त हुन्छ’, डेनियल थप्छन् ।
इात्रा
अमेरिकन मेट्रोलोजिस्ट एशोसिएसनले प्रदूषित वातावरणका कारण बढ्दै गएको तापमानले पनि मानिसमा बढी वितृष्णा हुने गरेको बताएको  छ ।

स्वच्छ हावामा घुम्दा सकारात्मक ऊर्जा प्राप्त हुन्छ । भ्रमणले पनि खुशी प्राप्ति हुने सान एकरले आफ्नो पुस्तक ‘द एडभान्टेज अफ हाप्पिनेस’मा उल्लेख गरेका छन् ।

स्वच्छ हावामा घुम्न निस्कदा आनन्द महसुस हुने भएकाले खुसी प्राप्त हुने उनको भनाइ छ । ‘स्वच्छ हावामा २० मिनेट मात्रै घुम्दा पनि सकारात्मक ऊर्जा प्राप्त हुन्छ’, एकर आफ्नो पुस्तकमा लेख्छन् । 

अरुलाई सहयोग

अरुलाई सहयोग गर्दा पनि खुशी प्राप्त हुन्छ । सहयोग गर्दा खुशी प्राप्त हुने वा नहुने पत्ता लगाउनका लागि १ सय ५० मानिसमा अध्ययन गरिएको थियो ।

‘कन्सर्ट, घडी जुत्ता लगायतका वस्तुमा खर्च गर्ने सामाजिक काममा दान गर्नेहरुमा अध्ययन गर्दा सामाजिक काममा खर्च गर्ने मानिस आफ्नो रकमको हिस्साले सहयोग पाएकोमा औधी खुशी थिए,’ द एड्भान्टेज अफ ह्याप्पिनेस पुस्तकमा उल्लेख छ । 
ध्यान
ध्यानले एकाग्रता बढाउँछ । तनाव कम गराउँछ । मानिसलाई शान्त बनाउँछ । ध्यानले सकारात्मक ऊर्जा समेत बढाउने भएकाले ध्यान गर्ने मानिसहरु समेत खुशी हुन्छन् । ‘ध्यानले दिमाग स्वाच्छ हुन्छ र तनाव पनि घटाउँछ’, साउन एकर पुस्तक द एडभान्टेज अफ ह्याप्पिनेसमा लेख्छन् । 

एजेन्सी 

 
 

Last modified on 2019-07-21 09:28:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts