यौन जीवन राम्रो बनाउन चाहनुहुन्छ भने अपनाउनुस् यी उपाय...
प्रायः जसो मानिसको घरको सबैभन्दा मन पर्ने भाग भनेको उनको बेडरुम हुने गर्छ जहाँ उनी आनन्दले सुत्न सक्छन् । साथै आफ्नो पार्टनर सँग महत्पूर्ण समय विताउन सक्छन् । तर, यदि सेक्सको कुरामा तपाईंको लाईफ विस्तारै चलिरहेको छ भने एक अर्कामा गल्ती पत्ता लगाउनुभन्दा आफ्नो बेडरुमको रंगमाथि ध्यान दिनुस् । हालै मात्र सार्वजनिक गरिएको एक अध्ययनमा बेडरूमको भित्ताके रंग र तपाईं कति सेक्स गर्नुहुन्छ यसको पारस्परिक सम्बन्धको बारेमा खुलासा गरेको छ ।
निलो रंगको भित्ता
प्रायः जसो मानिसलाई रातो र गुलाफी रंग अन्तरंगता र यौन सम्बन्धसँग जोडेर हेर्ने गर्छन । तर, तपाईंलाई जानेर आश्चर्य लाग्न सक्छ की यी रंगको साटो निलो रंगले बेडरूममा उत्तेजना जगाउनमा मद्दत गर्छ । अध्ययनका अनुसार प्रायःजसो मानिसहरु शान्ति अनुभव र आरामको निद्राका लागि निलो रंगको बेडरूममा आउने गरेका छन् । जुन कपल्सको रुममा निलो रंगको भित्ताका साथै बेडपनि निलो हुन्छ उनीहरु हप्तामा औसत ३ पटक सम्म सेक्छ गर्ने गरेको अध्ययनबाट पत्ता लागेको छ ।
पहेँलो रंगको पर्खाल
राती सबैभन्दा राम्रो निद्राका लागि निलो पहिलो नम्बरमा पर्छ भने पहेँलो दोस्रो नम्बरमा पर्छ । अध्ययनका अनुसार जिसको बेडरूमको भित्ताको रंग पहेँलो हुन्छ उनीहरु राती औसत ७ घन्टा ४० मिनेट सम्म सुत्ने गर्छन् । वार्म येलो कलर शरीरको नर्भस सिस्टमलाई रिल्याक्स गरी शरीरलाई शान्त बनाउने काम गर्छ ।
वैजनी रंगको पर्दा र ओढ्ने
वैजनी रंग लग्जरी, क्वालिटी, धनसम्पत्तिको प्रतिक हो र यो सबैलाई मिलाउने हो भने यसले नजिक बनाउने काम गर्छ । यस अवस्थामा यदि तपाईँ आफ्नो सेक्स लाइफमा उत्साह जगाउन चाहनुुहन्छ भने आफ्नो बेडरूमको भित्ताको रंग वैजनी गराउन सक्नु हुन्छ । यदि तपाईं आफ्नो बेडरूमको भित्ताको रंग बदल्न चाहनु हुन्न भने झ्यालको पर्दा र ओढ्नेको रंग बदल्न सक्नुहुन्छ । त्यसका लागि वैजनी रंग निकै नै उत्तम मानिन्छ । तपाईं आफ्नो कोठाको झ्यालको पर्दा, ओढ्ने, बेडसिट र तकियाको खोल वैजनी रंगको लगाएर आफ्नो सेक्स लाईफलाई अझ राम्रो बनाउन सक्नु हुनेछ ।
रातोः रातो रंगलाई आकर्षणको मुख्य रंगको रुपमा लिने गरिन्छ । रातो रंगले मानिसलाई उत्साहित बनाउनुका साथै माया दर्शाउने क्षमतालाई व्याख्या गर्छ । जसले गर्दा रातो रंगले पाटर्नरलाई एक अर्काप्रति आकर्षण गर्ने काम गर्छ ।
सन् २०१२ मा जर्नल अफ एक्पेरिमेन्टल सोसियल साइकोलोजीका अनुसार जो व्यक्तिहरुले आफ्नो बेडरुमको रंग परिवर्तन गरे उनको सेक्स लाइफ पहिलाको भन्दा अझ बढि राम्रो भयो । लण्डनको २ हजार वयस्कमाथि गरिएको यो अध्ययनको नतिजाले प्रमाणि गरेको छ कि जसले आफ्नो बेडरूमलाई वैजनी रंगले रि डेकोर गरे उनले हप्तामा ४ पटक सम्म सेक्स गरे ।