ग्राण्डी अस्पताल विरुद्ध नेपाल मेडिकल काउन्सिलमा उजुरी, शिशुको निर्दयी ढंगले उपचार गरेको आरोप



Download our app to get more features

काठमाडौं, २ साउन । धापासीस्थित ग्रान्डी अस्पतालविरुद्ध नेपाल मेडिकल काउन्सिलमा उजुरी परेको छ । अस्पतालले एक शिशुको निर्दयी ढंगले उपचार गरेको बारे गरिएको उजुरीको छानवीन भइरहेको छ ।

झन्डै १३ महिनाअघि, २०७५ असार १२ गते सञ्जीव न्यौपाने र एकता घिमिरेलार्ई पहिलो सन्तान प्राप्त भयो । बच्चा जन्मेपछि अस्पतालले शिशुमा समस्या देखिएको भन्दै थप उपचार गर्न भनेको थियो । सोही अनुसार न्यौपाने दम्पतिले पनि अस्पतालले जे जे भन्छ त्यहि मान्दै आएको बताएका छन् । तर शिशुको मस्तिष्कमा पानी जमेको रहेछ । अस्पतालले मस्तिष्कमा पानी जमेको देखेन वा लुकायो जसको कारण शिशुको स्वास्थ्य अवस्था झन जटिल बन्दै गयो । शिशुको अस्पतालले पाँच पटकसम्म शल्यक्रिया गरेको जनाइएको छ । पाँचौ पटक शल्यक्रिया गर्दा शिशु नौ महिनाको रहेको पनि उजुरीमा उल्लेख छ ।

अस्पतालले मानवीय संवेदनाविपरित जबर्जस्ती पैसाका लागि उपचारको नाममा यातना दिएको भन्दै परेको उजुरी उपर नेपाल मेडिकल काउन्सिले छानवीन गरिरहेको छ । काउन्सिलका सदस्य ढुण्डीराज पौडेलले विज्ञहरुको टोलीबाट गहिरिएर छानविन भइरहेको बताए ।  न्यौपाने दम्पतिले जेठ ८ गते उजुरी दर्ता गरेका थिए ।

पौडेलका अनुसार, काउन्सिलले पीडित पक्षको निवेदनका आधारमा ग्रान्डीसँग असम्बद्ध चिकित्सकहरूको एउटा छानबिन समिति बनाएको छ । समितिले गहिराइमा पुगेर छानबिन गर्दैछ ।

घटनामा दोषीलाई सचेत गराउने, कारबाही गर्नेदेखि निलम्बनसम्म गर्न सक्ने पौडेलले बताए । दोषीलाई काउन्सिलको दुई तिहाइ सदस्यको बहुमतले निलम्बन गर्न सक्छ ।  उनले भने ‘छानवीनको प्रक्रिया पूरा गर्न समय लागेपनि पीडितले न्याय पाउनेमा निश्चिन्त भए हुन्छ ।’

अस्वस्थ शिशुका पिता सञ्जीव न्यौपाने र माता एकता घिमिरेले नेपाल मेडिकल काउन्सिलमा झन्डै एक महिनाअघि उजुरी दिएका हुन् ।

‘छानबिनपछि आउने परिणामका आधारमा दोषीलाई कारबाही हुन्छ ।’ डा. पौडेलेले थपे ।  यस्तो मुद्दामा विज्ञहरूको परामर्श अनिवार्य चाहिन्छ ।

Last modified on 2019-07-19 09:04:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts