समता अस्पताल प्रकरण: पक्राउ परेका तीनै जनालाई धरौटीमा छाड्न आदेश



Download our app to get more features

काठमाडौं, २ साउन । समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला सञ्जेल र दुई जना कर्मचारीलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ ।

अस्पतालमा कार्यरत कर्मचारी बिमला तामाङ ३ असारमा मृत भेटिएपछि उनीहरूलाई अनुशन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको थियो ।  मृतकका आफन्तले उनको हत्या भएको भन्दै किटानी जाहेरी दिएका थिए । साथै अस्पताल तोडफोड र नाराबाजी समेत गरेका थिए । 

त्यस आधारमा उनीहरुलाई पक्राउ गरी जिल्ला अदालतमा ज्यान मुद्दा चलाएको थियो ।

जिल्ला न्यायाधीश अर्जुनकुमार कोइरालाको एकल इजलासले सन्जेल पत्नी कला तथा कर्मचारीद्धय तीर्थकुमारी श्रेष्ठ र संगीता केसीसँग जनही तीन लाख धरौटी मागेको थियो । 
बिहीबार धरौटी रकम बुझाएर छुट्ने तयारी छ ।

Last modified on 2019-07-18 16:56:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts