बाढी प्रभावित क्षेत्रः छाला सम्बन्धी समस्याबाट जोगिन डा.भास्करको सुझाव



Download our app to get more features

काठमाडौं, ३१ असार । वर्षासँगै आएको बाढी र डुबानका कारण मानिसहरुमा विभिन्न पानीजन्य स्वास्थ्य समस्या देखिन थालेको छ । प्रभावित क्षेत्रमा पानीजन्य रोग देखिन थालेपछि चिकित्सकहरुले पानीजन्य रोगबाट जोगिन सचेत गराएका छन् । 

डुबान र बाढीका कारण मानिसहरुमा छाला चिलाउने, विमिरा आउने, छाला रातो हुने जस्ता समस्या देखिन थालेपछि वीर अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. भास्कर मोहर कायस्थ यस्ता सुझाव दिन्छन्ः

  • छाला सम्बन्धि समस्या भए सफा पानीको प्रयोग गर्नुपर्छ । तर बाढी प्रभावित क्षेत्रमा भन्न सजिलो छ तर व्यवहारमा गाह्रो छ । 
  • बाढी प्रभावित क्षेत्रमा डिटोल पानीले मात्र छाला सफा गर्न पाएपनि धेरै समस्या समाधान हुनसक्छ ।
  • पियुस मिसिएको क्लोरिन मिसाएको पानी प्रयोग गरेर छाला सफा गर्नुपर्छ । तर पियुस पानीमा मिसाएर तुरुन्त प्रयोग गर्नुहुदैन् । पियुस मिसाएर कम्तिमा  पनि आधा घण्टा पछि मात्र प्रयोग गुर्नपर्छ । 
  • छालामा कुनै घाउ खटिरा देखिएमा क्रिमहरु प्रयोग गर्न सकिन्छ । 
  • बेटाजिनको झोल प्रयोग गर्न पनि सकिन्छ । यो सिधै प्रयोग गर्न सकिन्छ । 
  • तर डिटोल पानी प्रयोग गर्न नजान्दा छालामा झन समस्यामा देखिन सक्छ । 
  • एन्टीवायोटिक मलमहरु प्रयोग गर्न सकिन्छ । 

सफा पानीकै समस्या भइरहेका बेलामा सफा पानीले छाला पुछ्ने वा सफा गर्ने भन्ने समस्या छ । यस्तो अवस्थामा शुद्ध खानेपानी पनि प्रर्याप्त मात्रामा पाउन मुस्किल रहेकोमा शरीर नै पखाल्ने गरी पानी पाउन समस्या छ । यस्तो अवस्थामा डिटोल, क्लोरिन प्रयोग गरेर छाला सफा गर्ने गर्नुपर्नेमा डा. कायस्थ बताउछन् । उनका अनुसार एन्टिवायोटिक मलम लगाउदा राम्रो हुन्छ ।  
 

Last modified on 2019-07-17 13:50:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts