लुम्बिनी प्रादेशिक अस्पताल अक्सिजनमा आत्मर्निभर, वार्षिक ३४ लाख बचत

रुपन्देही, २९ असार । लुम्बिनी प्रादेशिक अस्पताल अक्सिजनमा आत्मानिर्भर भएदेखि अस्पतालको वार्षिक ३४ लाख बचत भएको छ ।
गत बर्ष लुम्बिनी प्रादेशिक अस्पताल बुटबल अक्सिजनमा आत्म निर्भर भएको हो । अस्पताललाई आवश्यक पर्ने अक्सिजन अस्पतालमै उत्पादन भएपनि आत्मनिर्भर भएको हो ।
गत बर्ष रोटरी क्लब अफ बुटवलले अक्सिजन जेनेरेसन प्लान्ट हस्तान्तरण गरेपछि अस्पतालमा अक्सीजन उत्पादन हुन सुरु भएको हो । अस्पतालका प्रमुख मेसु डा कृष्ण प्रसाद खनालले कुल ५० लाख रुपैयाँ लगानीमा अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको बताए ।
उनले भने अस्पताललाई ३४ लाख भन्दा बढीको अक्सीजन ल्याउने गर्दथ्यौ अबदेखी यो रकम बचत भएको छ । अहिले बरु अक्सिजन दिन सक्ने भएका छौ । आबश्यक पर्ने सिलीन्डर खरिद गरी अन्य स्वास्थ्य संस्थालाई आवश्यक पर्ने अक्सिजन अस्पतालमै उत्पादन
भएको पनि उनले जानकारी दिए । यसबाट पैसाको बचत भएको छ भने अक्सीजन खरिद गर्ने समस्या पनि अन्त्य भएको खनालले बताए ।