पलाँता गाउँपालिकाले स्वास्थ्य स्वयंसेविकालाई मासिक छ हजार तलब दिने 



Download our app to get more features

कालिकोट, २९ असार । कालिकोट जिल्लाको पलाँता गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक ६ हजार तलव दिने भएको छ । गाउँपालिकाले गरेको निर्णयलाई कार्यन्वयन गदै एक कार्यक्रमका बिच गाउँपालिकामा रहेका २७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक ६ हजार तलब उपलब्ध हुने गरि  नियुक्तिपत्र प्रदान गरेको छ ।

 गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले तीन दशकदेखि निःशुल्क सेवामा खटिएका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई अब कर्मचारीका रुपमा स्थापित गरिने बताए ।
 

Last modified on 2019-07-14 16:48:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts