शुद्धोधनका शिक्षकलाई मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण

रुपन्देही, २९ असार । शुद्धोधन गाउँपालिकाले विद्यालयका शिक्षकहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तालिम दिएका छन् । गाउँपालिका भित्र रहेका १८ वटा विद्यालयका शिक्षकहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी तालिम दिएको हो ।
विद्यालयका शिक्षकलाई मानसिक रोगबारे जानकारी गराए पुरै विद्यार्थीहरुलाई यसबारे थाहा हुने र रोकथामको लागी सहज हुने भन्दै तालिम दिइएको शुद्धोधन गाउँपालिका स्वास्थ्य शाखा संयोजक नन्दाराम पौडेले बताए । तालिममा मानसिक रोग विशेषज्ञ डा. मनोजन ढुंगानाले उनीहरुलाई मानसिक रोग के हो ? कस्तोलाई लाग्छ ? के कारणले यो बढदै गएको र रोकथामका उपायबारे जानकारी गराइएको थियो ।
डा ढुंगानाले ४ जना मध्ये १ जनामा यो मानसिक रोग भएको बताए । उनले जनसंख्याको २५ प्रतिशतमा मानसिक रोगको समस्या भएको बताए । ३ सय ६३ जना उपचारमा आएका मध्ये ६२ प्रतिशत रक्सीको कारण देखिएको भन्दै उनले नेपालमा हुने आत्महत्या ८० प्रतिशत डिप्रेशनको कारण भएको बताए ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै सुनगाभा सामाुदायी केन्द्रका मानसिक स्वास्थ्य संयोजक अमृता थापाले मोतिपुर प्राथामिक केन्द्रमा १ सय भन्दा बढी ले मानसिक रोगको औषधि खाने गरेको भएपनि अहिले त्यो संख्या घढेको बताउँदै गाउँपालिका स्वास्थ्य शाखाले ध्यान दिनु पर्ने बताईन् ।
लामो समय सम्म औषधि खानुपर्ने पर्ने भएको बताउँदै थापाले एक जनाको प्रयासले यो समस्या समाधान नहुने भन्दै सबैले सहयोगको सहयोग आबश्यक भएको बताईन् ।