सर्पदंशबाट जोगिन के गर्ने ? अपनाउनुस् यी उपाय...



Download our app to get more features

काठमाडौं, २९ असार । तराई तथा पहाडी भूभागमा अहिले बाढि, डुबान र पहिरोले प्रभावित छ । यो समयमा सर्पको बिगबिगी पनि बढ्न थालेको छ । सर्पको टोकाई (सर्पदंश) को समयमै उपचार नपाएर धेरैले अकालमा ज्यान समेत गुमाउन सक्ने अवस्था छ । त्यस कारण सर्पदंशबाट जोगिन नागरिक सचेत हुनु आवश्यक छ । सर्पदंशबाट जोगिन यी कुरामा ध्यान दिऔं...

वर्षाको समय अहिले बाढि र डुबान प्रभावित क्षेत्रमा सर्पहरु निस्कन सक्ने सम्भावना बढेको छ । पानीको कारणले दुलो भित्र रहेका सर्पहरु बाहिर निस्कने हुनाले सचेत भएर बस्नुपर्छ । विषेशगरि राती घरबाहिर निस्कनु परे उज्यालो (टर्च, बत्तीहरू) बोकेर मात्रै निस्कने ।
खाली खुट्टा घर बाहिर ननिस्कने ।

सर्प बस्ने सम्भावित ठाउँहरू (जस्तैं दाउराको चाङ, पराल, ढुङ्गा तथा ईटा थुपारेको ठाउँ) मा चलाउनु परे लामो लठ्ठीले चलाउने । घर वरीपरिका झार, फोहोरको थुप्रो, पानी जमेको ठाउँमा नबस्ने र जमीनका प्वालहरू भए पुर्ने । 

घर वरीपरि खानेकुराहरू नफाल्ने । फालिएको खानेकुरा खान मुसा, भ्यागुता आउने हुँदा त्यहाँ सर्प पनि आउँछ । 

साना केटाकेटीलाई मुसाको दुलामा हात हाल्न, पानी जमेको ठाउँमा जान नदिने, दाउराको चाङमा हात घुसाउने, झाडीमा जानबाट रोक्ने । 

शरीरमा पातलो कपडा भए पनि लगाउने । जसले सर्पले टोके पनि बिष प्रबेशलाई केही मात्रामा भए पनि रोक्छ । 

सर्पलाई नजिस्काउने ।

सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ । त्यस्तो अवस्थामा नचलाउने ।

सकेसम्म घरभित्र कुखुरा, हाँस, परेवाको खोर नराख्ने । यस्तो खोरमा जथाभावी हात नहाल्ने । 

राती सुत्दा झुलको प्रयोग गर्ने । सकेसम्म पलङ वा खाटमा मात्रै सुत्ने । 

पोखरी, तलाउ, खोला, नदीनालामा बिषालु सर्प पनि हुन सक्छन । यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने । 

सर्पले टोके के गर्ने ? 
सर्पले टोक्ने बितिकै मानिस मर्दैनन् । सबै सर्पको टोकाई विषालु पनि हुँदैन । सर्पले टोकेको मानिसलाई नडराउन सबैले सान्त्वना दिनुपर्छ । सर्पले टोकेपछि गाउँघरमा गरिने परम्परागत उपचारबाट बिरामीलाई टाढै राख्ने । बिरामीलाई सकेसम्म छिटो उपचार केन्द्र पुर्याउने ।


स्रोतः बर्दिवास सर्पदंश उपचार केन्द्र 

Last modified on 2019-07-15 08:47:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts