सशस्त्र द्वन्द्वका घाईते, अपाङ्ग, असक्तको उपचार लुम्बिनी प्रादेशीक अस्पतालले निःशुल्क गर्ने



Download our app to get more features

रुपन्देही, २८ असार । सशस्त्र द्वन्द्वका घाईते, अपाङ्ग र असक्तहरुको निःशुल्क उपचार लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा हुने भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा लुम्बिनी प्रादेशीक अस्पतालको सहकार्यमा जानकारी दिने उदेस्यले आयोजना गरेको कार्यक्रममा द्वन्द्व कालमा भएका १२ जिल्लाका सबै  बिरामीलाई निःशुल्क औषधि उपचार गरिने व्यवस्था गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत नरबहादुर अर्यालले बताए । 

लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख डा कृष्ण प्रसाद खनालले  शसस्त्र द्वन्द्वका घाईते, अपाङ्ग र असक्तहरुको निःशुल्क औषधि उपचार गरिने बताए । खनालले द्वन्द्वकालमा  गोली लागेका  १ जनाको  अप्रेशन  केहि दिनमा  गर्ने तयारी भएको जानकारी दिँदै अरु क्षेत्रबाट आएको सशस्त्र द्वन्द्वका घाईते, अपाङ्ग र असक्तहरुको  निःशुल्क औषधि उपचार गरिने बताए ।
 

Last modified on 2019-07-13 14:12:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts