बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधान ऐनमा समेट्न नेपाल चिकित्सक संघको माग



Download our app to get more features

काठमाडौं,२७ असार । नेपाल चिकित्सक संघले बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधानलाई ऐनमा समेट्न आग्रह गरेको छ । संघले हालै सार्वजनिक भइरहेका स्वास्थ्यकर्मी माथी हमला  र स्वास्थ्य संस्था तोडफोडका घटनाप्रति आपत्ति जनाएको छ । यस्ता घटनाको दोषिलाई कानुनी दायरामा ल्याइ कारवाहि गर्न हालको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई तत्काल आवश्यक परिमार्जन गरी बिना धरौटी हिरासदमा लिई जेल चलानको प्रावधान समावेश गर्नुपर्ने संघको ठहर छ । 

शुक्रबार पत्रकार सम्मेलन गरी संघले प्रावधानलाई लागू गराउन नसकिने हो भने स्वास्थ्य सेवा प्रवाह अब चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको काबुभन्दा बाहिर जाने र यसले काहाली लाग्दो र भयावह अवस्था ल्याउन सक्ने भन्दै आपत्ति जनाएको छ । 

संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ऐनमा बिना धरौटी हिरासदमा लिई जेल चलानको प्रावधान लाई थप गरेर स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा अपराधिक मानसिकता बोकेका व्यक्तिहरुलाई छानबिन गरी कडा कारवाही नगरिएको खण्डमा असुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्न नसकिने परिस्थितिप्रति नेपाल सरकार, गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कानून, न्याय तथा संदस्दीय मामिला मन्त्रालय, स्थानीय सुरक्षा निकाय लगायतका सरोकारवाला पक्षहरुले गम्भिर रुपमा मनन गरी उक्त ऐनलाई यथासिघ्र अन्तिम रुप दिन नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।

सो सम्बन्धमा २०७४ असौज १३ गते तत्कालिन प्रधानमन्त्रीज्यूको उपस्थितिमा  स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक सघ बीच सम्झौता भई सम्झौता भइसकेको पनि संले जनाएको छ । पत्रमा उल्लेख भए अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र सो सम्बन्धमा बनेको नियमावली २०६९ लाई सम्शोधन गरी बिना धरौटी हिरासतमा लिई जेल चलान सम्बन्धी प्रावधान राखी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय समक्ष पेश गरेको तर उक्त मन्त्रालयबाट सो प्रावधान हटाई पुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको पनि संघले जानकारी दिएको छ । 

यो ऐन बिना स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अब सुरक्षित महशुस गर्ने ठाउँ नरहेको भन्दै  चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सुरक्षा गर्न किन सकिरहेको छैन भन्ने प्रश्न समेत गरेको छ ।  

   हालै हेटौडा अस्पताल, सिन्धुली अस्पताल, लाहान अस्पताल, शिवराज अस्पताल, कपिलवस्तु, डडेलधुरा अस्पताल, ओम अस्पताल, समता अस्पताल, जलेश्वर जिल्ला अस्पताल, विराट मेडिकल कलेज विराटनगर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, डडेल्धुरा अस्पताल लगायतका विभिन्न अस्पतालहरुमा चिकित्सकहरुमाथी गरिएको अभद्र व्यवहार, गाली गलौज तथा शारीरिक हमला एवं स्वास्थ्य संस्था नै तोडफोड भएका छन् । 
 

Last modified on 2019-07-13 13:30:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts