प्रधानमन्त्रीद्वारा प्रसूती गृहको नयाँ भवन उद्धघाटन (फोटोफिचर)

‘काठमाडौं बाहिर पनि अत्याधुनिक सेवायुक्त अस्पताल आवश्यक’



Download our app to get more features

काठमाडौं, २७ असार । थापाथलीस्थित परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालको नयाँ भवनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले  गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री ओलीले  शुक्रबार विहान ११ः ३० मा उक्त भवनको उद्धघाटन गरेका हुन् ।

जापानी सहयोग नियोग ९जाइका०ले  निमार्ण गरेको उक्त नयाँ भवनमा एक हप्ताअघि देखि नै सेवा सुरु भइसकेको छ । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले जापान सरकालाई धन्वाद दिंदै प्रसूतीगृहको नयाँ भवन निर्माण सम्पन्न भएकोप्रति खूशी व्यक्त गरेका छन् ।

विनाशकारी भूकम्पनले क्षति पुर्याएता पनि झन् नयाँ काम गरेर अगाडि बढ्नुपर्ने बताउँदै उनले भने ‘प्रशूती गृहको भवन निर्माण पुनर्निमाणको एक उदाहरणीय काम हो ।’ 

भवन मात्रै निर्माण नभएर अस्पतालले अत्याधुनिक सेवा पनि प्रादन गर्नेमा विस्वस्त रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले अस्पतालको पार्किङको स्तारोन्नती, अस्पतालको पारिपट्टि रहेको जग्गाका विषयमा पनि सरकारको ध्यानाकर्षण भएको दाबी गरे । 

काठमाडौं बाहिर पनि अत्याधुनिक सेवायुक्त अस्पताल आवश्यक

कार्यक्रमका विशिष्ट अतिथि उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले  उक्त नयाँ भवन निर्माणपछि प्रसुतिगृह मुलुककै एक सुविधासम्पन्न अस्पताल बनेको बताए ।

 स्वास्थ्यमन्त्री यादवले यस्तो अत्याधुनिक अस्पताल काठमाडौं बाहिर पनि आवश्यक रहेको बताए । 

उपचार नै गर्न नसक्ने व्यक्ति फर्कन नपर्ने
अस्पतालका निर्देशक जागेश्वर गौतमले  विश्वमा सबैभन्दा बढी डेलिभरी गराउने अस्पताल मध्येमा  प्रसुति गृह पनि पर्ने बताए ।

उनले भने ‘ विश्वमा सबैभन्दा बढी डेलभरी गराउने अस्पतालमा प्रसूति पनि एक हो, यस वर्ष मात्रै अस्पतालले २७ हजारको प्रसूति गरायो ।’ प्रशूति  गृहमा सबै डेलभरी निशुल्क हुने बताउँदै निर्देशक गौतमले कसैले पनि उपचार गर्न नसकेर फर्किनुपर्ने अवस्था छैन ।’

४ सय शय्याको अस्पताल भूकम्पपछि ३ सय ५० मा झरेपछि आएका समस्याका बाबजूत पनि उत्कृष्ट सेवा दिइएको निदेशक गौतमले बताए । उनकाअनुसार नयाँ भवनमा २४ शय्याको आकस्मिक कक्ष, चिकित्सकको निगरानीमा हुने डेलिभरी रुम, नर्सको निगरानीमा हुने बर्थिङ सेन्टर, दुई वटा शल्यक्रिया कक्ष, पोस्ट अपरेटिभ वार्ड, १२ शय्याको आमाहरुका लागि आइसियू, ४० शय्याको बच्चाको आइसियू रहेका छन् । 

६ सय ४३ स्वास्थ्यसंस्थाको निर्माण सम्पन्न
कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबै स्वास्थ्यसंस्थाको पुनर्निमाणको काम समयमै सम्पन्न गर्ने प्रतिबद्धता गर्दै यो पनि एउटा उपलब्धिमूलक काम भएको बताए ।

साथै प्रसूतिमा नयाँ भवनमा आधुनिक उपकरण पनि जडान गरिएका  प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । 

उनले एघार सय ९७ ओटा स्वास्थ्य संस्थामध्ये  ६ सय ४३ स्वास्थ्यसंस्थाको निर्माण सम्पन्न भइसकेको समेत बताए ।

भूकम्पअघि भन्दा पनि राम्रो र बलियो ढंगबाट पुननिर्माण गरिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले दाबी गरे । १० ओटा स्वास्थ्यसंस्था भने अब पुननिर्माणको क्रममा जाने तयारीमा रहेको उनको भनाइ छ ।

 

Last modified on 2019-07-13 13:30:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts