निजी मेडिकल कलेजहरूले विद्यार्थीसँग चर्को शुल्क असुलेको ठहर

कारबाहीका लागि सरकारलाई निर्देशन दिने



Download our app to get more features

काठमाडौं, २७ असार । नेपालको मेडिकल शिक्षामा भइरहेको बेथिती रोकिन सकेको छैन ।  संसद्को शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले निजी मेडिकल कलेजहरुले चर्को शुल्क असुल गर्ने गरेको ठहर गरेको छ । पटक पटक शुल्क विवाद भइरहे पनि समस्या समाधान भने हुन सकेको छैन।  समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित उपसमितिले निजी मेडिकल कलेजहरूले सरकारद्वारा तोकिएभन्दा बढी शुल्क असुलेर विद्यार्थीमाथि ठगी गरेको निष्कर्ष निकालेको हो । उपत्यका र उपत्यका बाहिर गरि जम्मा २२ बटा मेडिकल कलेजलेहरुले बढी सुल्क असुल गरिरहेका छन् । उपसमिति संयोजक सुरेश राईले त ति मेडिकल कलेजले कति शुल्क असुल गर्छन् भन्ने सिमानै नभएको बताए ।

 काठमाण्डौ उपत्यका भित्र रहेका ९ वटा मेडिकल कलेज र उपत्याका बाहिर रहेका १३ वटा मेडिकल कलेजले विद्यार्थीबाट बढी सुल्क लिइरहेका हुन् । सरकारले उपत्यका भित्र र उपत्यका बाहिरका मेडिकल कलेजको लागि शुल्क निर्धारण गरेको थियो । उपत्यका भित्र ३८ लाख ४५ हजार र उपत्यका बाहिर ४२ लाख ५० हजार सुल्क निर्धारण गरेको हो । तर पछिल्लो समय कुनै पनि मेडिकल कलेजले सरकारी नियम पालना गरेका छैन् । जसले गर्दा विद्यार्थीहरु मर्कामा परेका छन् । उपसमितिले बढी शुल्क लिएको प्रमाण फेला परेका मेडिकल कलेजहरूलाई आवश्यक कारबाहीका लागि सरकारलाई निर्देशन दिनेगरी प्रतिवेदन बनाइ राईले बताए ।

त्रिविबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरूको संगठन सोसाइटी अफ टियु अफिलिएटेड हेल्थ इन्स्टिच्युसन्स, नेपाल (स्टाहिन) ले सार्वजनिक सूचना जारी गरेर विभिन्न शीर्षकमा ५५ लाख रुपैयाँसम्म शुल्क लिने उल्लेख गरेको तथ्यसमेत फेला थियो । कतिपय मेडिकल कलेजले विद्यार्थीमाथि चरम अन्याय गरेपछि आन्दोलन नै भएको थियो । यस्ता समस्या बारम्बार दोहोरिँदा पनि सरकार भने कानमा तेल हालेर बसेको छ ।

Last modified on 2019-07-13 13:30:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts