चिकित्सकले लिने परामर्श शुल्क पुनरावलोकन गर्दै सरकार



Download our app to get more features


काठमाडौं, २७ असार । सरकारले चिकित्सकहरुले लिने परामर्श शुल्क पुनरावलोकन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार बसेको शुल्क पुनरावलोकन सिफारिस कार्यदलको बैठकले चिकित्सकहरुको योग्यता र अनुभवका आधारमा शुल्क बढाउने प्रस्ताव गरेको हो ।

मन्त्रालयको नीति तथा योजना महाशाखाका प्रमुख डा. विकास देवकोटाको संयोजकत्वमा चिकित्सक संघ, एशोसिएसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल (अफिन), नेपाल मेडिकल काउन्सिल सहितको समितिको बैठकले शुल्क बढाउने प्रक्रिया अगाडि बढाएका हुन् ।

छलफलले एमबीबीएस पास गरेर ५ वर्षसेवा अनुभव नभएका चिकित्सकको ३ सय ३५ रुपैयाँ, एमबीबीएस गरेर ५ वर्षको अनुभवपछि ३ सय ९० रुपैयाँ, एमबीबीएस गरेर फेलोसीप गरेको चिकित्सक ५ सय ३५ रुपैयाँ, ५ वर्षभन्दा कम अनुभव भएको एमडी (विशेषज्ञ) पास

चिकित्सक ५ सय ९० रुपैयाँ, एमडी गरी ५ वर्षभन्दा बढी अनुभव भएको चिकित्सकले ६ सय ३५ रुपैयाँ लिन सक्ने प्रस्ताव गरिएको छ ।

०७१ सालमा खगराज अधिकारी स्वास्थ्यमन्त्री हुँदा संघको माग अनुसार शुल्क निर्धारण भएको थियो।

त्यसबेला एमबीबीएस पास गरेर ५ वर्षसेवा अनुभव नभएका चिकित्सकको २ सय ५० रुपैयाँ, ५ वर्ष अनुभव भएपछि ३ सय रुपैयाँ, एमबीबीएसपछि फेलोसिप गरेकाले ४ सय रुपैयाँ, विशेषज्ञ चिकित्सकलाई ४ सय ५० रुपेयाँ र ५ वर्षभन्दा बढी अनुभव भएका विशेषज्ञले ४ सय ७५ रुपैयाँ परामर्श शुल्क लिन पाउने निर्णय भएको थियो ।

Last modified on 2019-07-13 13:31:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts