कोकाकोला सम्बन्धि मुटु झस्काउने १२ तथ्य 



Download our app to get more features

काठमाडौं । लोकप्रिय पिय पदार्थ मध्ये कोकाकोला एक हो । लोकप्रिय प्रिय पदार्थ मध्ये कोकाकोला एक हो । संगीत तथा खेलकूद जस्ता गतिविधिदेखी लिएर चाडपर्वमा सबैको घरको भान्सा सम्म कोक पुग्ने गरेको छ ।

 विशेषगरी गर्मीयाममा सबैले रुचाउने पिय पदार्थ हो कोकाकोला । साना बच्चा देखि युवा तथा वृद्ध वृद्धा पनि यसको स्वादबाट टाढा होलान् भन्न असम्भव नै छ ।

तर कोकाकोलालाई स्वास्थ्यको लागि राम्रो मानिदैन् । कोकाकोला सम्वन्धि केहि तथ्य यस्ता छन् । 

 

  • कोकाकोलाको सुरुवात सन् १८८६ मा अमेरिकामा भयो । आधुनिक स्वरुपको कोक सन् १९२६ मा उद्य भयो । पहिलोपटक कोक उत्पादन गर्ने युरोपेलि देश बेल्जियम हो । 
  • कोकाकोलाको ब्राण्ड चिन्हलाई९५ प्रतिशत मानिसले सजिलै चिन्दछन् । 
  • विश्वका दुई सय देशमा दुई सय प्रकारका पोड्क्टहरु बेच्ने गरिन्छ । 
  • विश्वमा नौ सय भन्दा बढि कोकाकोला उत्पादन गर्ने कारखानाहरु रहेका छन् ।
  • देश र ठाउँ हेरी यसका ५ सय उत्पादन उपलब्ध छन् । 
  • प्रतिबोतल उत्पादनका क्रममा कम्तीमा पनि तीन बोतल पानी खपत हुन्छ । 
  • कोकाकोला उत्पादन गर्ने निहुँमा विश्वमा प्रतिवर्ष एक खर्ब ७६ अर्ब लिटर पानी बर्बाद गरिन्छ । 
  • युरोपेलि राष्ट्रहरुले कोकको निर्यातमा रोक लगाएका कारणले त्यसको विकल्पमा सन् १९४१मा फ्यान्टाको आविस्कार गरिएको थियो । 
  • चुरोट सुर्ति जस्तै कोकाकोला पनि स्वास्थ्यका लागि हानिकारक वस्तु सिद्ध भएको छ । 
  • कुरुप भइ मोटो हुँने सम्भावना कोकप्रेमिहरुमा अरु व्यक्तिमा भन्दा ६० प्रतिशत बढी हुन्छ । 
  • विश्वभरिको तथ्यांकअनुसार पिउने पानी, फ्रुट जुस र कोकाकोला माथि हुने कारोबारकोमध्ये सबै भन्दा बढी कोकाकोलाकै रहेको छ । पिउने पानीको ४१.२ प्रतिशत छ भने कोकको ५८.१ प्रतिशत छ । फ्रुट जुसको कारोवार प्रतिशत ०.७ प्रतिशत मात्र छ । 
  • कोक बढि पिउने राष्ट्र मेक्सिको हो । २०१३ को तथ्यांकअनुसार यस देशमा १० जना मध्ये ७ जना मोटो हुने रोगबाट ग्रसित छन् । सन् २०२० सम्ममा १० जनामा १० जनाकै शारिरिक वजन असामान्य हुने अनुमान गरिएको छ ।

स्रोत : न्युटीसन रिसर्ज सेन्टर अमेरिका 
 
 

Last modified on 2019-07-10 07:22:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts