निजामती कर्मचारीले बिरामी नहुँदा पनि 'उपचार खर्च' पाउने व्यवस्थाको विरोध 



Download our app to get more features


काठमाडौं, २२ असार । सांसदहरुले बिरामी नभएका निजामती कर्मचारीहरुलाई औषधि उपचार खर्च दिने व्यवस्थाबारे विरोध जनाएका छन् । राज्यव्यवस्था समितिको आइतबारको बैठकमा संघीय निजामती सेवाको प्रस्तावित विधेयकमाथिको छलफलमा सांसदहरुले यसको विरोध गरेका हुन् । 

 सांसदहरु पम्फा भुसाल, जनार्दन शर्मा, यशोदा सुवेदी, डिला संग्रौला, महेशराज गहतराज, प्रेम सुवाल लगाएतले   यो व्यवस्था विधेयकबाट हटाउन माग गरेका छन् । 

सांसद राजकिशोर यादवले बिरामी नहुँदा पनि उपचार खर्च पाउने व्यवस्थालाई ‘चोर बाटो भनेका छन् ।  ‘ यो व्यवस्थालाई मान्न जरुरी छैन,’ उनले भने ।साथै सांसदहरु जनार्दन शर्मा र पम्फा भुसालले विधेकबाट यस व्यवस्थालाई हटाउन माग गरेका छन् ।  

त्यसैगरी सांसद रामकुमारी झाँक्री, नवराज सिवाल, छक्कबहादुर लामा लगायतले बिरामी नहुँदा पनि बिरामी खर्च दिन नहुने धारणा राखे ।

सांसद यशोदा सुवेदीले बिरामी नहुँदा पनि उपचार खर्च पाउने कि नपाउने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताइन् ।तर संघिय मामिला तथा सामान्य मन्त्रालयका सचिव यादव कोइरालाले दिइरहेको सेवा कटौती गर्दा कर्मचारीलाई असर पर्ने धाराणा अघि सारेका छन् । साथै उनले उपचार खर्च अन्तराष्ट्रिय अभ्यास रहेको पनि बताए । 
 

Last modified on 2019-07-08 08:02:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts