गण्डकी प्रदेशमा सबैभन्दा धेरै गर्भपतन, २० वर्ष मुनिका ७२ प्रतिशत



Download our app to get more features

पोखरा, २२ असार । पछिल्लो समय देशभरी नै गर्भपतन गराउने महिलाको संख्यामा वृद्धि हुँदै गइरहेको छ । जसमा गण्डकी प्रदेशमा मात्रै एक वर्षमा १३ हजार बढिले गर्भपन गराएको पाइएको छ ।

गण्डकी प्रदेशमा एक वर्षमा १३ हजार ९ सय ३७ जनाले गर्भपतन गराएका छन् । गर्भपतन गराउनेमा ७२ प्रतिशत २० वर्ष मुनिका महिला रहेको बताईएको छ । 

नेपालमा ५८ प्रतिशतले गराउने गर्भपतन असुरक्षित मानिन्छ । पोखरामा सञ्चारकर्मी र सरोकारवालाबीच भएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर भवानी शर्माले कार्यपत्र मार्फत सो जानकारी गराएका हुन् । 

नेपालमा १ सय ७८ सस्थामा सुरक्षित गर्भपतन गराउने मान्यता पाएपनि अझैपनि असुरक्षित गर्भपतन गराउनेको सख्यामा कमी नआएको बुझिएको छ ।

 

Last modified on 2019-07-08 06:30:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts