मोरङमा स्वस्थ जीवन प्रवद्र्धन अभियान : योग शिविरदेखि सरसफाइसम्म



Download our app to get more features

मोरङ, २२ असार । मोरङको पथरी शनिश्चरेमा शनिवार स्वस्थ जीवन प्रवद्र्धन अभियान कार्यक्रमको थालनी गरिएको छ । 

नागरिकका लागि आफु स्वस्थ रहँदै आफ्नो वातावरण स्वस्थ राख्ने सन्देशका लागि प्रदेश सरकारको सहयोगमा अभियान सुरु गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय मोरङको आयोजनामा सुरु अभियान फलदायी हुने अपेक्षा गरिएको छ । 

कार्यक्रम बिहान ५ वजेदेखि ७ बजेसम्म नर्मदेश्वर शिवालय मन्दिरमा योग शिविर, ७ देखि ८ बजेसम्म चोकमा सरसफाई र ८ देखि ९ बजेसम्म जनआन्दोलन चोकमा सन्देशमुलक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा मन्त्रालयका सरसफाई दुत हाँस्य कलाकार सिताराम कट्टेलले पनि अभियान महत्वपूर्ण रहेको बताए । 

कार्यक्रममा प्रदेश मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशक सहित जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।


 

Last modified on 2019-07-07 12:05:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts