राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा छानबिन सुरु
सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेश गरिने

दाङ, २२ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा छानबिन सुरु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीको संयोजकत्वमा आएको टोलीले मन्त्रालयमा परेका विभिन्न उजुरीबारे छानबिन सुरु गरेको हो ।
स्वास्थ्य सेवाको खस्कदो गुणस्तर, आर्थिक अनियमितता, कमजोर व्यवस्थापन, अनावश्यक राजनीतीकरणजस्ता विषयमा उजुरी परेपछि मन्त्रालयले वास्तविक अवस्था पत्ता लगाउन छानबिन सुरु गरिएको हो ।
टोलीले प्रतिष्ठानका पदाधिकारी, जिल्लाका सरकारी अधिकारी र सरोकारवालासँग छलफल गरी आवश्यक जानकारी लिएको छ । आवश्यक सबै अध्ययन गरेको र प्रतिष्ठानलाई अब कसरी संचालन गर्ने भन्नेबारे आवश्यक सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेस गर्ने छानबिन टोलीका संयोजक बुर्लाकोटीले बताए ।
गत असोज १२ मा साविक राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा हस्तान्तरण भएको थियो । यसअघि पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीको संयोजकत्वमा गठित संसदीय उपसमितिले पनि स्थगलत अवलोकन गरेको थियो । उक्त समितिले प्रतिष्ठानमा संचालित अस्पतालका अधिकांश सेवा बन्द रहेको पाइएको प्रतिवेदन दिएको थियो ।