लुम्बिनी प्रादेशीक अस्पतालका मेसु सहित ७ विभागीय प्रमुखको सरुवा

रुपन्देही, २१ असार । समायोजनको नाममा लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा मेसु सहित ७ विभागीय प्रमुखको सरुवा भएको छ । एकै चोटी ७ विभागीय प्रमुखको सरुवा भएपछि उपचारमा समस्या हुने भएको अस्पतालले जनाएको छ ।
लामो समय सम्म लुम्बिनी प्रादेशीक अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकहरुको सरुवा हो । लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा. कृष्ण प्रसाद खनालका अनुसार अहिले अस्पतालमा आफुसहित ७ जनाको सरुवा भएको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख फिजीसियन डा.विष्णु पौडेललाई कोसी अञ्चल अस्पताल, बाल रोग विभाग प्रमुख डा. किरण मणि पौडेललाई पोखरा, सर्जन डा.नारद खतिवडालाई चितवन हाडजोर्नी प्रमुख डा राजेन्द्र सन्जेल क्षेत्रीलाई वीर अस्पताल, छाला रोग विभाग प्रमुख डा मनिलाल नेबारलाई वीर अस्पताल, रेडियोलोजी विभाग प्रमुख डा राजेन्द्र प्रसाद खनाललाई कान्ति अस्पताल काठमाडौं र मेसु डा कृष्ण प्रसाद खनाललाई डडेलधुरा अस्पतालमा सरुवा गरिएको छ ।
तर, उनीहरुको ठाउँमा कुनै पनि चिकित्सकलाई सरुवा गरिएको छैन । लुम्बिनी प्रादेशकि अस्पतालमा कार्यरत मेसु डा खनालको उमेर हदको कारण केहि महिनामा नै अवकास हुने बताईएको छ ।