बुटवलमा स्वास्थ्य बीमा लागू गर्नेबारे अभिमुखीकरण



Download our app to get more features

रुपन्देही, २१ असार । नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडांैको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि एवं सरोकारवालाहरुको लागी स्वास्थ्य बीमा बिषयक अभिमुखिकरण दिइएको छ ।

बुटवल उपमहानगरपालिकामा शुक्रबार एक समारोहकाबीच जनप्रतिनिधि र कर्मचारीहरुसँग अभिमुखिकरण गरिएको हो । कार्यक्रम शुभारम्भ गर्दै नगर प्रमुख शिवराज सुवेदीले बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताए ।  

स्वास्थ्यलाई मौलिक हकका रुपमा संविधानमै व्यवस्था गरिएको भन्दै प्रमुख सुवेदीले त्यसैलाई व्यवहारिक बनाउनुपर्ने बताए ।

स्वास्थ्य बीमा लागु हुनुभन्दा पहिले पूर्व तयारी, प्रावधान र सुविधाका बारेमा यहाँका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, व्यापारी, संञ्चारकर्मी लगायतलाई जानकारी गराउन अभिमुखिकरण गराइएको हो ।
स्वास्थ्य  बीमाको बारेमा जानकारी गराउने उदेश्यले बुटवलमा आयोजना गरिएको कार्यक्रम प्रभावकारी भएको सहजकर्ता कपिलदेव अर्यालले बताए । बेलैमा स्वास्थ्य बीमा गरौ आफु र परिवार स्वास्थ्य उपचारको लागी ढुक्क हौ, भन्ने उद्देश्यका साथ रुपन्देहीमा पनि स्वास्थ्य बीमा लागू हुँदैछ । 

बीमाका बारेमा जनप्रतिनिधि स्वास्थ्यकर्मि लगायतलाई पहिले जानकार बनाउन अभिमुखिकरण गराइएको सहजकर्ता लता देवकोटाले बताईन् । रुपन्देहीका १६ वटै पालिकामा चार वटा समूहमा बाँडिएको आठ जनाको टिमले सहजीकरण गरिरहेको सहजकर्ता देवकोटाले बताइन् । 

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले स्वास्थ्य बीमाले उपचारमा सहज हुने बताएका थिए भने सहभागीलाई स्वागत गर्दै बुटवलका स्वास्थ्य महाशाखाका कल्पना पौडेल भट्टराईले स्वास्थ्य बीमाका कार्यक्रम बारे जनस्तरमा सचेतना जरुरी रहेको बताइन् ।
 

Last modified on 2019-07-06 12:40:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts