अन्तर्राष्ट्रिय इम्युनो अंकोलोजी सम्मेलन सुरु, क्यान्सर रोगबारे नेपालमा भ्रमै भ्रम

काठमाडौं, २० असार । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय इम्युनो अंकोलोजी सम्मेलन शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । लन नेप्लिज सोसाइटी अफ मेडिकल अंकोलोजीको आयोजनामा सुरु भएको सम्मेलन दुई दिन सम्म चल्ने छ ।
इम्युनो अंकोलोजी भनेको क्यान्सर उपचारको नयाँ विधा हो । यस विधिअन्तर्गत औषधि प्रयोग गरी शरीरको प्रति रक्षा प्रणालीलाई बलियो बनाएर क्यान्सरका कोषिकाहरु मरेर क्यान्सर रोगको उपचार गरिन्छ । यो विधि नेपालमा अभ्यास भइसकेको छ । नेपालमा यसको उपयोगिता र अभ्यासबारे जानकारी गराउने उदेश्यका साथ सम्मेलन सुरु भएको े आयोजकले जनाएको छ ।
साथै सम्मेलनमा स्वदेशी र विदेशी गरी करिब तीन सयको हाराहारीमा क्यान्सर रोग सम्बन्धि विशेषज्ञ तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।
एड्भोकेसी कार्यक्रमको पहिलो पाटोमा सञ्चारकर्मीसंग अन्तरक्रिया गरिएको छ ।
नेपालमा भएका क्यान्सर सम्बन्धि केही यर्थाथ
सम्बन्धित अन्धविश्वास, क्यान्सर सम्बन्धि झुटा सुचना र भ्रमबारे विज्ञहरुले यथार्थ जानकारी दिएका छन् ।
आमनागरिक क्यान्सर सम्बन्धि धेरै भ्रम रहेको विज्ञहरुले बताएका छन् । क्यान्सर एक जनालाई भए अर्काेलाई पनि सर्छ भन्ने भ्रममा नपर्न विज्ञहरुले सुझाव दिएका छन । क्यान्सर सरुवा रोग होइन एक बाट अर्काेमा सर्दैन् । तर, विज्ञहरुका अनुसार परिवारमा कसैलाई स्तन क्यान्सर, आन्द्राको क्यान्सर र पाठेघरको क्यान्सर भए तीनिहरुको छोराछोरीलाई पनि १५ प्रतिशत क्यान्सर हुने सम्भावना हुन्छ ।
परिवारमा कसैलाई क्यान्सर छैन र मलाई केहि हुँदैन भनेर स्वास्थ्य परिक्षण नै नगर्ने जस्ता बानी त्याग गर्न पनि विज्ञहरुको सुझाव छ ।
त्यसैगरी भारतीय क्यान्सर रोग विशेषज्ञ डा.पुर्विस पारिखले मोवाइल फोन प्रयोग गर्दा क्यान्सर नहुने तर अरु समस्या देखा पर्ने हुदाँ मोवाइलको प्रयोग सिमित मात्रमा गर्न आग्रह गरे । उनले भने मोवाइलको प्रयोग र क्यान्सरको कुनै सम्बन्ध नरहेको बताए ।
साथै आफ्नो वा गाईको मुत्र खाँदा क्यान्सर निको हुन्छ भन्ने प्रश्नमा पनि यो भ्रम रहेको बताएका छन् । यसैगरी क्यान्सर रोगीले रोग निको हुने भन्दै डाक्टरले दिएको औषधि छाडेर जमराको जुस खाने गर्छ के यसले ठिक गर्छ भन्ने प्रश्नमा पनि उनले किमोथेरापि लिएरहेकाले यो जुस नपिउँदा राम्रो हुने बताएका छन् । साथै उनले यसले फगंल इन्फेक्सन हुने पनि बताए ।
साथै रक्त क्यान्सर सरुवा रोग होइन । तर एक दुई जनामा वंशाणुगत हुनसक्ने पनि विज्ञहरुको भनाई छ । यी यस्तै भ्रम क्यान्सर रोगबारे रहेको भन्दै जनचेतना फैलाउन आवश्यक रहेको भन्दै सहि सुचना आम नागरिकमा पुग्नुपर्नेमा सबैले भुमिका निर्वाह गनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।