शुद्धोधनमा स्वास्थ्य बीमा सम्बन्धि अभिमुखिकरण

रुपन्देही, १९ असार । नेपाल सरकार स्वास्थ बीमा बोर्ड टेकु काठमाडौको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि एवं सरोकारवालाहरुको लागी स्वास्थ बीमा बिषयक अभिमुखिकरण कार्यक्रम रुपन्देहीको शुद्दोधन गाउपालिका मानपकडिमा सम्पन्न भएको छ । स्वास्थ्य बीमा लागु हुनुभन्दा पहिले पुर्ब तयारीअनुसार स्थानिय गाउँपालिका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, ब्यापारी, संञ्चारकर्मी लगायतलाई बीमाको बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
बेलैमा स्वास्थ्य बीमा गरौ आफु र परिवार स्वास्थ्य उपचारको लागी ढुक्क हौ, भन्ने उद्देश्यका साथ स्थानिय जनप्रतिनिधि स्वास्थ्यकर्मि लगायलाई यो अभिमुखिकरण गरिएको स्वास्थ्य बीमा बोडका तालिम सहजकता राम कुमार श्रेष्ठले बताए । उनले रुपन्देहीका १६ वटै पालिकाम यो अभिमुखिकरण गरिएको बताए । कार्यक्रमको सहजीकरण,पिताम्बर पाठक ,सुस्मिता थापा लगायतले सहजीकरण गरेका थिए ।
शुद्दोधन गाउपालिका उपाध्यक्ष शान्ता देवि ज्ञवालिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउपालिका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने स्वास्थ्य बीमाले उपचारमा सहज हुने बताए । कार्यक्रममा नेकपा शुद्दोधनका अध्यक्ष नर बहादुर घर्ती शुद्धोधन गाउँपालिका स्वास्थ्य सहसंयोजक प्रेम सुवेदी लगायतले बोलेका थिए ।