यसरी भयो बेहोसीमा लिंग परिर्वतन, डाक्टर भन्छन् ५ दिनमै शरीर परिवर्तन असम्भव



Download our app to get more features

काठमाडौं, १९ असार । ३ वर्ष अघि रोजगारीका लागि भारत पुुगेका कञ्चनपुरका एक युवक छोरी बनेर नेपाल फर्केका छन् । कक्षा १२ को परिक्षा दिएर बुुबासँगै भारतको हरिद्वार पुुगेका २४ वर्षका सुरेन्द्र माल ३ वर्षपछि घर फर्किदा छोरी बनेर नेपाल फर्केका हुन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका माल लिङ्ग परिवर्तन भएर भएर घर फर्केपछि सबै आश्चर्य चकित बनेका छन् ।

२०७२ साउनमा बुवासँगै कामको खाजीमा हरिद्वार छिरेर बुुबासँगै हरिद्वारमा काम गर्दै गरेका सुरेन्द्रलाई एक अपरिचित नेपालीले बढी तलबको लोभ देखाएर भारतको अर्को शहर चण्डिगढ लगेका थिए । त्यहाँ उनलाई ६ महिनासम्म एउटा घरमा काममा लगाईयो । जहाँ तेश्रो लिङ्गी र किन्नर जातिका मासिनहरु मात्रै बसोबास गरिरहेका थिए । उनी केही समयपछि त्यहाँबाट भाग्न सफल त भए तर फेरी उनलाई पहिलेकै साहुले लगे । फेरि त्यहि काम गर्न पुुगेका सुुरेन्द्रलाई १ महिनासम्म कुनै तनाव दिइएन् । उनी खुसीले नै काम गर्न थाले । तर, एक महिनापछि कुनै रोगको महामारी फैलिएको भन्दै उनलाई औषधि खान दवाव दिईयो । औषधि खाने बितिक्कै आफु बेहोस भएको र ५ दिन पछि मात्रै होसमा आएको उनले बताएका छन् । उनलाई बेहोसीमैं लिङ्ग परिवर्तन र शारीरिक बनावट नै परिवर्तन हुने औषधि शरीरमा पु¥याइएको उनि बताउछन् । आफ्नो लिंग र शरीरमा परिवर्तन मात्रै होइन विस्तारै सुरेन्द्रबाट प्रियामा रुपान्तरित भएको उनी सुनाउँछन् ।

जिल्ला प्रहरीकार्यालय कञ्चनपुरले सुरेन्द्र संगै आएका १ जना र उनलाई खोज्दै आएका २ जना गरी ३ जना भारतियलाई नियन्त्रणमा लिएको र घटना बारे थप अनुसन्धान भईरहेको जनाएको छ । दुई वर्षसम्म बन्धक जस्तै जिवन बिताएका र विवाह, ब्रतबन्ध तथा अन्य समारोहमा नाच्ने काम गर्नु वाध्य बनाइएका सुरेन्द्र अन्य व्यक्तिलाई भारत रोजगारमा जाँदा बुझेर मात्रै जान सुझाव दिन्छन् । ५ दिनको औषधि सेवनले शारीरिक परिवर्तन सम्भवन नभएको डाक्टरहरुको भनाई छ । थाइराइड तथा हर्मोन रोग विषेशज्ञ डा.नरेश पराजुलीका अनुसार ५ दिनको औषधि सेवनले शरीर परिवर्तन सम्भवन नभएको बताउँछन् । हाम्रो डाक्टरसँगको कुराकानीमा उनले भने, ‘लिङ्ग परिवर्तन हुने सम्भावना हुँदैन । कि त उनको लिङ्क काटेर फालिएको हुनुपर्छ र शल्यक्रिया गरेर महिलाको यौनी जस्तो आकार दिइएको हुनुपर्छ ।’ डा.पराजुली भन्छन्, ‘महिलामा हुने एस्ट्रोजोन नामक हर्मोन बढाउने औषधि उनलाई ४÷५ महिना पहिलेदेखि नै दिइँदै आइएको हुनुपर्छ ।

र जब उनी भागे र फेरि त्यहि पुुगे त्यसपछि अब उसलाई केटि नै बनाउनुपर्छ भनेर बेहोसीको हालतमा शल्यक्रिया गरिएको हुनुपर्छ ।’ उनले शरीरमा महिलाको शरीरको जस्तो परिवर्तन आउनु आंशिक सम्भावना रहेको भन्दै उच्च डोज भएको एस्ट्रोजोनयुक्त औषधि खाना, पानी वा इन्जेक्सनको माध्यमबाट शरीरमा दिएर यस्तो परिवर्तन आएको हुन सक्ने बताए ।

Last modified on 2019-07-05 08:27:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts