अत्याधिक रक्तश्रावले सुत्केरीको मुत्यु, स्वास्थ्यकर्मी नै छैनन् गाउँमा



Download our app to get more features

मुगु, १९ असार । मुगु जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाँउपालिका–१ चिताई गाँउकि एक सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरी भई छोराको जन्म दिईसकेपछि साल नझर्दा उनको मृत्यु भएको हो । 

३५ बर्षिया पासङ्ग फुटिक तामाङ्गले असार १६ गते आफनै घरमा छोरालाई जन्म दिएकि थिइन् । तर, बच्चा जन्मेको धेरै समयसम्म साल नझरेपछि र अत्याधिक रक्तश्राव भएपछि असार १७ गते उनको घरमा नै मृत्य भएको स्थानीयवासीले जनाएका छन् । 

उनलाई सुत्केरी वेथा लागेपछि गाउँमा स्वास्थ्यकर्मी नहुँदा स्थानीय महिलासहति स्वास्थ्य स्वंयम सेविकाले मुश्किलले सुत्केरी गराएका थिए । तर,  साल ननिस्केपछि उनले अकालमै ज्यान गुमाएको स्थानीयवासीले बताएका छन् ।  आमाको मृत्यु भएपछि जिवित अवस्थामा रहेको नव जात शिशुको विचल्ली भएको छ ।

मृतक तामाङ्गका अन्य तिन सन्तान पनि साना  छन् । यस गाउँका लागि डोल्फु गाउँको स्वास्थ्य चौंकिको कार्य क्षेत्र भए पनि एक दिन लाग्छ ।  स्वास्थ्यकर्मि समेत नभएकाले तत्काल उपचार गराउन अन्यत्र लान  नसकिएको स्थानीयवासीले बताएका छन् । 

चिताई गाउँदेखि जिल्ला अस्पताल पुग्न दुई दिन र चिताई गाउँदेखि पायक पर्ने पुलु स्वास्थ्य चौकि पुग्न पाँच घण्टा लाग्ने भएकाले स्थानीयवासी न्युनतम स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएको चिताई गाउँका स्थानीयवासी एवं एक नम्बर वडाध्यक्ष सोनामयाङ्गजु तामाङ्गले बताए ।

‘गाउँका सबै जना यार्सा टिप्न पाटनमा गएका थिए, गाउँमा बृद्धबृद्धा मात्रै रहेकाले पाँच घण्टा नजिक पर्ने स्वास्थ्य संस्थामा लैजान सकिएन’, उनले भने ।  

मुगुमकामरोग गाउँपालिकाकामा मुगु, किम्री, पुलु , र माँग्रमा प्रसुती गृह छन् ।

Last modified on 2019-07-05 08:27:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts