आयुर्वेदको ईतिहास महत्वपुर्ण छ : सभामुख महरा

दाङ, १८ असार । सभामुख कृष्ण बहादुर महराले नेपालमा आयुर्वेदको ईतिहास महत्वपुर्ण रहेको बताएका छन् । राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर दाङको आयोजनामा आयुर्वेद सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रमलाई बुधबार सम्वोधन गदै सभामुख महराले यस्तो बताएका हुन् । विगतमा कुनै चोटपटक अथवा बिरामी हँुदाको उपचार स्थानिय जडिबुटीबाट नै गर्ने प्रचलन भएको बताउदै उनले पछिल्नो समयमा आधुनिक प्रविधि आईसकेपछि आयुर्वेदको महत्व कम हुदै गएको बताए ।
ग्याष्टिक हुँदा काचो केरा खाने, काफलको बोक्राको रस खाने , घाँस काट्दा हात काट्यो भने दुदे पात लगाउने जस्ता प्राचिन उपचारको विधि अझै पनि गाउँघरमा हुने गरेको उनले बताए । नेपाल प्राकृतिक स्रोतको धेरै सम्भावना भएको देश भएकाले यसकोे स्थानिय स्तरबाट संरक्षण र प्रर्वद्धन गर्नुपर्ने आबश्यक रहेको उनले बताए ।
साथै उनले किर्तिपुरमा अत्याधुनिक आयुर्वेद अनुसन्धान केन्द्र,तालिम केन्द्र स्थापना गरिएको जानकारी समेत दिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सभामुख महराले जनताको मर्म भावना अनुसार सरकारले विकास गर्नका लागी मोडेल तयार पार्नुपर्ने बताएका छन् । त्यसमा नेपाल सरकारको मात्रै लगानी नभए जनताको श्रम, योगदान र अन्तराष्ट्रिय सरकारको सहयोग भयो भने मात्र विकासले ठुलो फड्को मार्ने उनले बताएका छन् ।
यस्तै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जनस्वास्थ्यमा सवैको पहुंच पु¥याउनका लागी ठुलो परिवर्तनको अभियान सन्चालन गरेर नगरका १९ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरिएको बताए । साथै नगरप्रमुख पाण्डेले नेपालकै एउटा नमुना योगा, चिकित्सालय र दर्शनको रुपमा विकास गदै तुलसीपुरलाई ज्ञान केन्द्रको रुपमा स्थापना गर्ने लक्ष्य रहेको बताएका छन् ।