सिमकोट गाउँपालिकाका सबै वडामा स्वास्थ्य संस्था, आफ्नै स्रोतबाट १५ लाखको औषधि खरिद गर्ने

हुम्ला, १८ असार । हुम्लाको सिमकोट गाउँपालिकाका सबै वडामा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको छ । गाउँपालिकामा आठ वडा रहेका छन् । स्वास्थ्य सेवाको पहुँच नभएका तीन वटा वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना भए पछि गाउँपालिका भरि नै स्वास्थ्य सेवाको पहुँच पुगेको हो । पालिकाका १ , ४ र ६ वडामा स्वास्थ्य चौकी, सामुदायीक स्वास्थ्य इकाई पुगेको थिएन । यी वडामा आधारभुत स्वास्थ्य चौकीे स्थापना भए पछि आठ वटै वडाहरुमा स्वास्थ्य सेवाको पहुँच पुगेको पालिका भएको स्वास्थ्य शाखा संयोजक धु्रर्बराज सिंहले बताए ।
यसबाट सबै वडामा स्वास्थ्य संस्था पुगेको सिमकोट पहिलो गाउँपालिका भएको छ । वडा एकको कुम्लीक जिउला, सातको चौगानफया र ८ को खोल्सी साँताका सामुदायीक स्वास्थ्य इकाई यस अघि नै स्थापना भएर हाल सेवा प्रदान गरि रहेका छन् । यता साबिकको गाबिस हुँदा वडा नम्बर २ को ठेहे, ३ को वरगाउँ, सातको डाँडाफया र आठको स्याँडाका स्वास्थ्य चौकी पहिलेबाटै संचालनमा रहेका छन् ।
बाँकी वडा नम्बर पाँचमा जिल्ला अस्पताल रहेको छ । जसले गर्दा यो गाउँपालिकाका सबै वडाहरुमा स्वास्थ्य संस्था स्थापना भइसकेका छन् । जनतालाई स्वास्थ्य सेवा सहज र शुलभ किसिमले प्रदान गर्नका लागि सबैतिर विभिन्न नामले स्वास्थ्य संस्था मात्र स्थापना नभई आबश्यक जनशक्ति, औषधिको पनि ब्यबस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताएका छन ।
चार वटै स्वास्थ्य चौकीहरुमा आफ्नै भवन र प्रसुती गृहको ब्यबस्था भएकोले त्यहाँ काम गर्न सहज हुने बताइएको छ । बाँकीलाई स्वास्थ्य संस्थालाई पनि आवश्यक ब्यबस्था आगामी आर्थिक बर्षमा गर्ने गरि बजेट विनीयोजित गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आफ्नो श्रोतबाट आगामी बर्षका लागि १५ लाखको औषधि खरिदको ब्यबस्था समेत गरिएको अधिृकत दर्जीले बताए ।