शुद्धोधन गाउँपालिकामा जनप्रतिनिधि आएपछि स्वास्थ्य सुविधामा सहज

रुपन्देही १८ असार। रुपन्देही शुद्धोधन गाँउपालिकामा उपचार पहँुच सहज भएको स्थानियहरुले बताएका छन । उनीहरुले स्थानिय तहमा स्वास्थ्य संस्था हस्तान्तरण गरेपछि औषधि, उपकरण र सेवा सहज भएको बताएका छन । स्वास्थ्य संस्थाको सेवा सुबिधा र गुणस्तर सम्बन्धमा समाजीक परिक्षण तथा आमभेलामा वोल्दै स्थानिय सेवा ग्राहीहरुले सहज सेवा सुबिधा पाएको बताए ।
शुद्वोधन गाउँपालिकाको चारवटा स्वास्थ्य चौकीमा गरिएको भेलामा जनप्रतिनिधि स्थानिय सरोकार पत्रकार लगाएतको उपस्थिती थियो । भेलामा स्थानियबासीले सेवालाई अझै बिस्तार गर्दै थप सुबिधा ल्याउन जनप्रतिनिधिहरुसंग माग गरेका छन । स्थानीय तहमा जनप्रतिनिधि आएपछि स्वास्थ्य सेवा राम्रोसंग पाइएको र औषधीसमेत पाइएको मानपकडीकी इन्द्रामायां चौधरीले वताईन। उनले जनस्वास्थ्यबाट भन्दा स्थानियबाट राम्रो सेवा पाईएको बताईन ।
शुद्वोधन गाउंपालिका वडा नं ४का वडाध्यक्ष राजेन्द्र कडेलले स्वास्थ्य उपचारलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रारम्भ गरिएको बताए । उनले भने मोतिपुर प्राथामिक स्वास्थ्य केन्द्रमा सबै सुबिधा सम्पन्न छन तर सेवा भएअनुसार सेवाग्राहीले उपचार नलिएको बताए ।
उनले सबै सेवा भएपनि प्रचार अभाबका कारण सेवालिने नबढेको बताए ।शुद्धोधन गाउपालिका वडा नं ५का वडा अध्यक्ष पुन्यराम गौतमले आफुहरुले स्वास्थ्य संस्थालाई बजेट, कर्मचारी, औषधि कुनैपनि अभाब हुन नदिएको बताए । स्वास्थ्यकर्मिको माग अनुसार हामीले सबै उपलब्ध गराएका छौ । अहिले कुनै समस्या नभएको बताउदै समस्या भए तत्काल सम्बोधन गर्ने बताए । मानपकडी स्वास्थ्य चौकीमा भएका सेवा बारे जानकारी अझै जनतामा नपुगेको बताउदै आवश्यक प्रचार प्रसारका लागी सबै लाग्नु पर्ने बताए ।
वडा नं २का बडा अध्यक्ष तथा खडवाबनगाई स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बस्यालले स्वास्थ्यकर्मीबाट सेवाग्राहीलाई सेवाको पँहुच कसरी बढाउने तर्फ ध्यान दिनु पर्ने बताए । उनले स्वास्थ्य संस्थामा नभएका उपकरण औषधी आबश्यक स्वास्थ्यकर्मि केही अभाब भए तत्काल सम्बोधन गर्नेबताए । स्वास्थ्य चौकीमा भएको सेवा बारे प्रचार अभाब भएको ले ठाउँ ठाउँमा तत्काल होडीङवोड राख्ने बताए । स्वास्थ्यलाई अरु भन्दा बढी प्राथामिकता दिएको बताउदै वडा नं २ लाई नमुना बनाउने बताए । उनले खोपकिल्नीक केहीलाई पाएक नपरेको भए पाएक पर्ने ठाउमा राख्ने नभएका ठाँउमा बिस्तार गर्नेवारे स्थानियहरुलाई जानकारी गराए । उनले स्वास्थ्य संस्थामा नभएका उपकरण औषधि आबश्यक स्वास्थ्यकर्मि केही अभाब भए तत्काल सम्बोधन गर्ने बताए ।
मानमटरीया स्वास्थ्य चौकीका ब्यबस्थापन समितिका अध्यक्ष तथा बडा नं ६का वडा अध्यक्ष जयशंकर पाठक मानमटेरीया स्वास्थ्य चौकीमा ल्याब यहि वर्ष संञ्चालन गर्ने, आवश्यक उपकरण उपलब्ध गराउन,े भबन पुरानो भएकोले ठाँउको खोजीमा रहेको र आवश्यक ठाँउ भए भबन बनाउने बताए ।स्वास्थ्य चौकिमा आबश्यक औषधी उपकरण लगायका बिषयमा गाँउपालिकाबाट आवश्यक बजेट विनियोजन गरेको बताए । स्थानियले माग गरेका सेवा बारे बिस्तारै सम्बोधन गर्ने बताए ।
शुद्धोधन गाँउपालिकाका स्वास्थ्य संयोजक नन्दराम पौडेलले स्वास्थ्य संस्थाको अबस्था र सेवाबारे जानकारी गराएका थिए ।अहिले साना रोगको उपचार गाउंघरमै पाइएको र औषधि पनि पाउंदा सर्वसाधारण जनातलाई धेरै राहात मिलेको उनको भनाइ छ । गाउंपालिकाका स्वास्थ्य सहसंयोजक पे्रमनारायण सुवेदीले वृद्ववृद्वका लागि घरघरमै गएर स्वास्थ्य उपचार गरिएको र महिला र बालबालिकालाई स्वास्थ्य चौकीहरुबाट सक्दो उपचार गरी औषधी दिइएको बताए ।
कार्यक्रममा मानपकडि स्वास्थ्य चौकीका ईन्र्चाज रमेश रिजाल,खबनगाई स्वास्थ्यचौकीका प्रमुख कबिराज गौतम मनमटेरीया स्वास्थ्यचौकीमा सोमनाथ यादबले हेल्थपोष्टको बारेमा जानकारी गराएका थिए। उनले सेवाका कुनैकमी नभएको वताए।
मोतिपुर प्राथमिक स्वास्थ्य चौकीका डाक्टर सुस्मित शर्माले ठूलाठूला रोगबाहेक सबै रोगको उपचार गर्ने गरिएको वताए । पहिला भन्दा अहिले स्वास्थ्य सेवा सुविधा पाइएपनि डेलिभरीको सुविधा अझै भरपर्दो नभएकाले भरपर्दौ सेवा दिनका लागि सोही क्षेत्रका विशेषज्ञ डाक्टरहरुबाट सेवा उपलब्ध गराउन स्थानीय महिलाहरुको माग छ । लुम्बिनी ग्रामिण बिकास परिषदका अध्यक्ष चन्द्रकान्त खनालको अध्यक्षमा भएको कार्यक्रममा वडा सदस्य स्थानिय सरोकार स्वयसेबिका पत्रकार लगायले बोलेका थिए ।