विभागले गर्याे ९१ औषधि पसललाई निलम्बन, दर्ता भएका ४० पसल बन्द

१५ औषधि पसलको औषधि जफत



Download our app to get more features

काठमाडौं, १७ असार । औषधि व्यवस्था विभागले ९१ औषधि पसललाई कारबाहि गरेको छ । विभागले विभिन्न मापदण्ड पुरा नगरी सञ्चालनमा रहेका ९१ औषधि पसललाई कारबाहि गरेको हो ।  औषधि पसललाई विभागले निलम्बन गरेको जनाएको छ । तर विभागले जनाए अनुसार कारबाहिमा परेका औषधि पसलको निलम्बन अवधि भने सात दिन देखि ४५ दिनसम्म मात्र रहेको छ ।

त्यसैगरी विभागले एक सय १७ वटा औषधि पसललाई सचेत गराइएको छ । जसमध्ये एउटा फार्मेसी विरुद्ध मुद्धा दायर गरिएको छ । औषधि व्यवस्था विभाग शाखा कार्यलय विराटनगरले पनि औषधि ऐन विपरित सञ्चालमा रहेका पसलहरु माथि कारवाहि गरेको छ ।

औषधि व्यवस्था विभागले उपलब्ध गराएको सुचना अनुसार विराटनगर शाखाले पनि ३२ औषधि पसललाई कारबाहि गरेको हो ।

१५ दर्ता नभएका औषधि पसलको सम्पूर्ण औषधि जफत

औषधि व्यवस्था विभाग शाखा कार्यलय विरगंजले ८६ औषधि पसललाई सचेत गराइएको छ । यस शाखा कार्यलयले १५ वटा औषधि पसलको सम्पूर्ण औषधि जफत गरिएको छ । दर्ता नभएका यी पसलको पसल सिलबन्दि गरि मुचुल्का उठाइ सम्पूर्ण औषधि जफत गरिएको हो ।

दर्ता भएका ४० औषधि पसल बन्द

व्यवस्था विभाग शाखा कार्यलय विरगंजले दर्ता भएका तर विभिन्न कैफियत भइ पसल बन्द गरी कारवाहि गरेको छ । कारवाहिमा पर्ने औषधि पसलहरु ४० वटा रहेका छन् । औषधि व्यवस्था विभागले आफ्ना शाखा कार्यलयबाट औषधि पसलहरुको अनुगमन गरिरहेको जनाएको छ । विभागका अनुसार नेपालगंज शाखाले १५ औषधि पसललाई निलम्बित गरेको छ । निलम्वनमा पर्ने औषधि पसलको निलम्बित म्याद भने १५ दिन देखि ९० दिनसम्म रहेको छ ।

त्यस्तै नेपालमा दर्ता नभएका औषधि आयत गरेको कैफियतमा तीन औषधि पसलमाथि मुद्धा दर्ता गरिएको छ ।

Last modified on 2019-07-03 15:04:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts