कोमामा उपचाररत ढकाललाई स्वदेश ल्याइयो, वीरमा उपचार हुँदै



Download our app to get more features

काठमाडौं, १७ असार । दक्षिण कोरियामा कोमामा उपचाररत झापाका ओमनाथ ढकललाई स्वदेश ल्याइएको छ । स्वदेश ल्याइएका ढकालको वीर अस्पतालको संघन उपचार कक्षमा उपचार भइरहेको छ ।

वैदेशिक रोजगार बोर्डको समन्वय र आर्थिक सहयोगमा विशेषज्ञ चिकित्सकसहितको टोलीले शुक्रबार काठमाडौं ल्याइ उपचार सुरु गरेको हो ।
 
बोर्डको गत असार ८ गते बसेको बैठकले कोमामा उपचाररत ढकाललाई स्वदेश ल्याउने निर्णय गरेको थियो ।

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले विदेशका विभिन्न अस्पतालका कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याउने तयारी सुरु गरिएको र सो निर्णय भएसँगै ढकाललाई स्वदेश ल्याइएको बताए ।

बोर्डका अनुसार हाल विभिन्न देशका अस्पतालमा २७ जना नेपाली कोमामा उपचाररत छन् । जस मध्ये २ महिला र २५ पुरुष छन् ।
 

Last modified on 2019-07-03 15:05:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts