आठौं, नवौं र दशौं तहको समायोजन सूचि स्वास्थ्य मन्त्रालय आइपुग्यो, पदस्थापना छिट्टै



Download our app to get more features

काठमाडौं, १६ असार । कर्मचारीको समायोजनको जालोले रुमलिएको स्वास्थ्य क्षेत्रले अब विस्तारै निकास पाउने सम्भावना देखिएको छ । कर्मचारी समायोजन गर्दा धेरै त्रुटि भएका कारण नै स्वास्थ्य क्षेत्रको समायोजन पछि परेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयमा आठौं, नवौं र दशौं तहको समायोजन सूचि सोमबार पठाएको छ । स्वास्थ्य मन्त्री यादवले समायोजन सूति मन्त्रालयमा आइपुगेको मन्त्री यादवले जानकारी दिए । उक्त सूचि अनुसार सबै कर्मचारीको छिट्टै पदस्थापन गरिने मन्त्री यादवको भनाइ छ ।

स्वास्थ्यका ११ औं तहका कर्मचारीको समायोनपछि पदस्थापना सकिने बित्तिकै अरु तहको समायोजन सूचि तयार भएको हो । सूचिमा कुनै समस्या नभए छिटै पदस्थापना गर्न थाल्ने पनि मन्त्री यादवले बताए ।

Last modified on 2019-07-03 15:06:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts