नरदेवी अस्पतालको निर्देशकमा डा.केसी

काठमाडौं, १६ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नरदेवी आयुर्वेद अस्पतालको निर्देशकमा डा.प्रदिप केसीलाई नियुक्त गरेको छ ।
एक्युपञ्चर उपचार विधिका सम्वन्धमा विद्यावारिधि गरेका डा.केसीलाई मन्त्रालयले समायोजनको क्रममा नरदेवी अस्पतालको निर्देशकमा समायोजन गरेको हो ।
चीनस्थित थियान्चिन युर्निभसिटी अफ ट्रेडिशनल चाईनिज मेडिसिन थियान्चिनबाट उनले यसैसाता विद्यावारिधिको प्रमाणपत्र प्राप्त गरेका हुन् ।
Last modified on 2019-07-01 11:00:34