नर्स लाईसेन्स परीक्षामा ३५ प्रतिशत मात्र पास



Download our app to get more features

काठमाडौं, १५ असार । नेपाल नर्सिङ परिषदले लिएको २२ औं नाम दर्ता प्रमाणपत्र (लाईसेनिङ एक्जामिनेसन) परीक्षामा ३५  प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । शनिवार लिएको परिक्षामा ६५ प्रतिशत अनुत्तीर्ण भएका छन् । परीक्षामा स्टाफ नर्स र वीएस्सी नर्सिङ गरी १ हजार पाँच १ जना सहभागी रहेको परिषदले जनाएको छ । जसमध्य पाँच सय २६ जना उत्तीर्ण भएका छन् भने नौ सय ७५ जना फेल भएका छन् । 

परिषदले लाइसेन्स परीक्षा उत्तीर्ण गरेकाहरुलाई आगामी २६ देखि ३० असारसम्म प्रमाणपत्र वितरण गर्ने जनाएको छ । साथै नतिजामा चित्त नबुझे नतिजा प्रकाशित भएको ३५ दिन भित्र पुनर्याेगको लागि निवेदन दिनसक्ने समेत जनाएको छ । फेल भएकाहरुले फेरीपनि परिक्षा दिन पाउने छन् । 


 

Last modified on 2019-07-02 06:30:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts