अत्याधुनिक सुविधा सम्पन्न भवनबाट प्रसुति गृहको सेवा सञ्चालनमा



Download our app to get more features

काठमाडौं, १५ असार । परोपकार तथा प्रसूति गृह अस्पताल आफ्नो नव निर्मित भवनमा सरेको छ ।

अत्याधुनिक सेवा सम्पन्न १ सय ९२ शय्याको भवन शनिबारबाट सेवा सुचारु गरिएको अस्पतालका निर्देशक डा.जागेश्वर गौतमले बताए । 

निर्देशक डा. गौतमका अनुसार नयाँ भवनमा अत्याधुनिक सुविधाहरु थपिएको र एमआइसियु, पोष्ट अवार्ड, लेबर रुम सबै अत्याधुनिक बनाइएको बताए ।

असार २७ गते भवनको औपचारिक उट्घाटन हुने भएपनि सेवा भने शनिबारबाटै सञ्चालमा आएको छ । 

जापानी सहयोग नियोग (जाइका) ले निर्माण गरिदिएको भवन जापानी अत्याधुनिक प्रविधियुक्त रहेको निर्देशक गौतमको भनाइ छ ।
 

Last modified on 2019-06-30 12:19:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts