कान्तिपुर डेन्टलले गर्याे दुर्लभ रोग 'डेस्मोप्लास्टिक अभिलोबलास्ताको' शल्यक्रिया, विश्वमा एक सय ५० जनामा मात्र



Download our app to get more features

काठमाडौं, १३ असार । बसुन्धारास्थित कातिन्पुर डेन्टल तथा जनरल अस्पतालले डेस्मोप्लास्टिक अभिलोबलास्ताको सफल शल्यक्रिया गरेको छ । विश्वमै दुर्लभ मानिएको यो रोगको शल्यक्रिया अस्पतालमा पहिलो पटक भएको हो । विश्वमा यो रोग  एक सय ५० जनामा मात्र पहिचान भ्रएको अस्पतालले जनाएको छ । 

डेस्मोप्लास्टिक अभिलोबलास्ता रोग सामान्यतया ३० देखि ५० वर्षको उमेरमा देखिने गर्छ । तर  अस्पतालमा आएको केस भने १५ वर्षीया अपेक्षा लामिछानेको हो । दाँत उम्रने बेलामा समस्या भएमा यस्तो प्रकारको रोग लाग्ने अस्पतालकाअध्यक्ष तथा दन्त रोग विशेषज्ञ डा. बुद्धिमान श्रेष्ठले बताए । यो रोगमा दुखाइ नहुने हुँदा दाँतको एक्सरे नगरेसम्म रोग थाहा हुदैन । श्रेष्ठका अनुसार चार घण्टा लगाएर आठ दिन अगाडि शल्यक्रिया गरिएको हो । बिरामीलाई शनिवार अस्पतालबाट डिस्चार्ज गरिने छ । 

यस रोगको शल्यक्रिया अस्पतालका डा. सुमित सिंहको टोलिले गरेको हो । बिरामीको दाँत अडिने ठाँउको हड्डी निकालेर फालिएको छ । हड्डीको ठाँउमा अहिले रिकन्सट्रक्सन प्लेट राखिएको छ । यो उनको पहिलो शल्यक्रिया हो । दोस्रो शल्यक्रियामा भने खुट्टाको हड्डी राखीने छ । 


 

Last modified on 2019-06-28 18:26:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts