सिरिन्ज आक्रमणकारी सन्तोषको बयानः ‘सिरिञ्ज नभएर ढलानको किलाले  घोचेको हुँ’



Download our app to get more features

काठमाडौं १३ असार । काठमाडौं उपत्यकामा युवतीमाथि श्रङ्खलाबद्ध रुपमा सिरिञ्ज आक्रमण गर्ने एक युवालाई प्रहरीले गए राति साढे १२ बजे पक्राउ गरेको छ ।  

महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाबाट परिचालन भएको विशेष टोलीले ३० वर्षीय सन्तोष कार्कीलाई महाराजगञ्जको भाटभटेनी नजिकैबाट पक्राउ गरेको हो ।

अभियुक्त कार्कीले आफूले सिरिञ्ज नभएर ढलानको किला रोपेको बयान दिएका छन् । उनले रोग सार्ने नियतले आक्रमण नगरेको पनि बताएका छन् ।

कार्कीले रमाइलोका लागि  युवतीलाई मात्रै ढलानको किलाले रोपेको बयान दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले  जानकारी दिए । 

उनकाअनुसार कार्कीलाई सार्वजनिक गर्न दिउँसो ११ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरिएको छ ।

हाल उनलाई  महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।  

केही दिन अघिदेखि महिलामाथि श्रृखलावद्ध शंकास्पद सिरिञ्ज आक्रमण भएपछि आतंक मच्चियो ।

रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एचआईभीविरुद्धको एआरटी औषधी चलाइएको छ भने हेपाटइटिसविरुद्ध भ्याक्सिन समेत दिइएको छ ।

Last modified on 2019-06-29 12:14:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts