विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिट फाँडफाटमा चलखेल गर्नेलाई कारबाही गर्न माग



Download our app to get more features

काठमाडौं, ९ असार । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिट फाँडफाटमा चलखेल गर्नेलाई कारबाही गर्न सरकारी चिकित्सक संघले माग राखेको छ । प्रतिष्ठानले राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत स्नातकोत्तर (पिजी) तह (एमडी र एमएस र एमडिएस) मा भर्ना प्रक्रिया अगाडि बढाएकोमा चौतर्थि विरोध भइरहेको छ । यसैबिच संघले स्वास्थ्य तथा जनसख्या मन्त्री उपेन्द्र यादवको ध्यानकार्षण गराएको छ । 

सरकारी चिकित्सक संघ नेपालका साथै गैरसकारी चिकित्सक संघ नेपाल, युवा चिकित्सक संघ नेपाल लगायतका संघसंस्थाले यसको विरोध गर्दै नेपाली विद्यार्थीले पढ्न पाउने अवस्था बनाउन माग गरेका छन्

ऐनविपरीत काम गर्ने पदाधिकारीलाई छानबिन गरेर कारबाही गर्न पनि यी संगठनहरुले माग गरेका छन् । 

कुल सिटमध्ये ३३ प्रतिशतभन्दा बढी विदेशी विद्यार्थी भर्ना गर्न राष्ट्रिय चिकित्सा शिक्षा ऐन अनुसार पाइँदैन। तर, प्रतिष्ठानले उक्त ऐनविपरीत विदेशीलाई सिट संख्या नेपालीभन्दा बढी राखेर भर्ना खुलाएको थियो । 

प्रतिष्ठानको यो निर्णयले नेपाली विद्यार्थीको पढ्न पाउने अधिकार खोसिएको भन्दै चिकित्सा क्षेत्रका अन्य विभिन्न संघसंगठनले पनि विरोध गरेका छन् । 

प्रतिष्ठानले मेडिसिन, सर्जरी, बालरोग, एनेस्थेसिया जस्ता  विषयमा विदेशी विद्यार्थीलाई बढी सिट छुट्याएको छ । प्रतिष्ठानले निकालेको भर्नासम्बन्धी सूचनामा सर्जरीमा भएको ६ सिटमध्ये ४ सिट विदेशीका लागि बालरोग र मेडिसिनको ५र ५ सिट मध्ये ३ र ३ सिट विदेशी विद्यार्थीका लागि छुट्याइएको देखिन्छ ।
 

Last modified on 2019-06-25 13:32:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts