स्वास्थ्यका लागि फाइदाजनक छ संगीत, दुखाईमा दिलाउँछ राहत
यदि तपाईंलाई राति निद्रा आउदैन भने तपाईंलाई आनन्द दिलाउने संगीत सुन्न सक्नुहुनेछ । यसले तपाईंलाई निश्चियपनि राम्रो निद्रा आउँछ । संगीतले तपाईंको मांसपेशिलाई आराम दिने काम गर्छ । साथै ती समस्यालाई पनि कम गर्छ जसले तपाईंलाई तनाव दिने काम गरेको हुन्छ । यसले तपाईंको मडलाई राम्रो बनाउने काम पनि गर्छ । यसका साथै तपाईंको सोच्ने शक्ति र स्मरण शक्ति पनि बढ्छ । त्यति मात्र होइन यदि तपाईं कुनै रोगबाट पीडित हुनुहुन्छ भने त्यो समस्या पनि विस्तारै कम भएर जान्छ । त्यसकारण आजभोली अस्पतालहरुमा पनि संगीतको सहारा लिन थालिएको छ । जानौं संगीत सुन्नुको फाइदाबारे...
एक्लोपन र तनाव रहन्छ टाँढा
नियमित करिब २० देखि ३० मिनेट संगीतसँग समय बिताउनाले तपाईंको एक्लोपन हराएर जान्छ र तनावबाट पनि टाँढा राख्छ । यसले तपाईं आफ्नो बुढोपनमा फ्रेश अनुभव गर्नुहुनेछ । उमेरको साथै तपाईंको मस्तिस्क र याददाश्तलाई पनि तेज बनाउने काम गर्छ । किनकी संगीतले दिमागको व्यायाम गराउने काम गर्छ । भारतको लखनऊ सिभिल हस्पिटलका साइकायट्रिस्ट डा. दीप्ति सिंहका अनुसार, ’मानसिक एवं शारीरिक स्वास्थ्यको सम्बन्धमा संगीत चिकित्साको नतिजा निकै नै रोचक र राम्रो छ । यसले मानिसको रोग प्रतिरोधात्मक क्षमतामाथि सकारात्मक असर पाछ । तनाव उत्पन्न गराउने हर्मोनलाई पनि कम गर्छ र संगीतले मानिसमा बाच्ने भावनाको पनि विकास गराउँछ ।’
सकारात्मक अनुभव गराउँछ
संगीतले कार्टिसोलको स्तरलाई कम गरेर तनावग्रस्त मांसपेशियलाई आराम दिने काम गर्छ । यसले तपाईं पहिलेको तुलनामा अधिक आशावादी र सकारात्मक महसूस गर्नु हुन्छ । विभिन्न अध्ययनका अनुसार म्यूजिक सुन्नाले मस्तिष्क रिल्याक्स मोडमा जान्छ । क्लासिकल म्यूजिक यसको लागि बढि फाइदाजनक हुन्छ । नियमित संगीत सुन्नाले मस्तिष्कको क्रियाकलाप राम्रो हुन्छ र और क्रिएटिभिटी पनि बढ्छ ।
दुखाईमा तुरुन्त हुन्छ राहत
दुखाई चाहे तनको होस या मनको, संगीत दुवैमा आफ्नो छाप छोड्नमा कारगर हुन्छ । दुखाईको समस्याबाट राहत पाउनका लागि संगीतमा निकै नै गज्जवको क्षमता हुन्छ । एक अध्ययनका अनुसार असहनीय दुखाईमा जब रोगीलाई संगीत सुनाइयो तब उ आफ्नो दुखाईबाट मुक्त भयो । निकनी दुखाई र चिन्ताबाट पीडित मानिस चाँडै नै संगीतमा अवशोषित हुने र दुखाईबाट राहत महसुस गर्न थाल्छन् ।
इम्यून सिस्टमलाई बनाउँछ बलियो
संगीतले तपाईंको शरीरमा इम्यूनोग्लोबुलिन ए मा वृद्धि हुन्छ । यसले एन्टीबडी श्लेष्म प्रणालीमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ र कोषहरुलाई पनि स्वस्थ राख्ने काम गर्छ । यसले तपाईंको इम्यून सिस्टम बलियो बनिरहन्छ र स्मरणशक्ति पनि राम्रो रहन्छ ।
सिक्ने गतिलाई बनाउँछ राम्रो
अध्ययन गर्ने समय यदि तपाईं आफ्नो मन पर्ने स्लो म्यूजिक सुन्दै पढ्नुहुन्छ भने तपाईंले अध्ययन गरेको कुरा तपाईंलाई लामो समय सम्म याद रहन्छ । संगीतले सिकाईको गतिलाई पनि तिव्र बनाउने काम गर्छ । किनकी संगीतले डोपामाइनलाई बढाउँछ जसले सिकाइमा मद्दत गर्छ । संगीतले दिमागी रोगबाट पीडित मानिसलाई नि सामान्य बनाउनमा मद्दÞत गर्छ । आफ्नो मन पर्ने संगीत सुन्नाले तपाईंलाई स्ट्रोकको खतराबाट पनि जोगाउँछ र ध्यानमा पनि एकाग्रता कायम रहन्छ ।
हाई ब्लड प्रेशर र स्ट्रोकमा सुधार
नियमित बिहान र साँझ केहि समय सम्म संगीत सुन्ने बानीले उच्च रक्तचापको स्तर सुधार्ने काम गर्छ । फिनल्याण्डको युनिभर्सिटि अफ हेलस्किनीक अनुसार सामान्य किसिमको संगीत सुन्ने बानीले स्ट्रोकको समस्या पनि कम भएर जान्छ । संगीतले मुटु सम्बन्धी रोगको सुधार गरि मुटुलाई बलियो बनाउनेमा योगदान दिन्छ । संगीतले मस्तिस्कको क्षतिग्रस्त भागलाई पनि सुधार्न उत्तेजित गर्छ जसले मस्तिष्कको कार्यप्रणालीमा राम्रो सुधार आउँछ ।
(एजेन्सीको सहयोगमा)