महिला सशक्तिकरणका लागि उनीहरुको स्वास्थ्यमा ख्याल गरौं— विश्व स्वास्थ्य संगठन

What's This?


Download our app to get more features

फागुन २५, काठमाण्डौं । आज अन्तराष्ट्रिय नारी दिवस । विश्वभर नारी अधिकार र उनीहरुको स्वाबलम्बनका बारेमा बहस भैरहेको छ । यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठनले भने दक्षिण एशियाली क्षेत्रका महिलामा लैंगिक विभेदको परिणाम स्वरुप स्वास्थ्य अवस्थासमेत धेरै कमजोर रहेको दावी गरेको छ ।

 
डब्लुएचओका अनुसार दक्षिणपूर्वी एशियामामात्र सन् २०१५ मा शिशु जन्माउने क्रममा ६१ हजार महिलाले ज्यान गुमाएका छन् । यो महिलाहरुले समयमै उचित स्वास्थ्य परामर्श र सेवा नपाउनुको उपज हो । त्यस्तै यसै क्षेत्रका ३८ प्रतिशत महिलाले जीवनकाल भरिमा कुनै न कुनै महिला हिंसाको घटना बेहोर्न परेको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ  । 
नेपाल लगायत दक्षिण एशियाली देशका महिलाले घरभित्रको काम गर्नुपर्ने सामाजिक भूमिका छ । जसका कारण गृहस्थी जीवनमा बसेका यस क्षेत्रका वर्षेनी करिब १६ लाख महिलाले घरभित्रको प्रदुषणबाट हुने रोगका कारण ज्यान गुमाउँछन् ।

 
विश्व स्वास्थ्य संगठनका अनुसार यस क्षेत्रका महिलामा हुने अधिकांश स्वास्थ्य समस्या लैंगिक विभेदका उपज पनि हुन् । नेपाली समाजमा अझैपनि महिलाको प्रजनन् स्वास्थ्यका बारेमा खुलेर छलफल हुँदैन । कथित सामाजिक बन्धन र भूमिकाका कारण धेरै महिला पाठेघरको मुखको क्यानसर, पाठेघर खस्ने समस्या, स्तन क्यान्सर लगायतका रोगका बारेमा न त चर्चा गर्नसक्छन् नत सहजै परीक्षण गराउन सक्छन् ।

 
अन्तराष्ट्रिय महिला दिवसका सन्दर्भमा महिलाको सशक्तिकरणका लागि उनीहरुको स्वास्थ्य सचेतना वृद्धि गराउनुपर्नेमा विश्व स्वास्थ्य संगठनले जोड दिएको छ । दिगो विकास लक्ष्यमा नेपाल सहित दक्षिणपूर्वी एशियाली देशका ७ देशले लैंगिक समानतामा सँगसँगै अघि बढ्ने बुँदामा हस्ताक्षर गरेका छन् । नेपालले पनि महिला शसक्तिकरणका लागि सर्वप्र
थम महिलाको स्वास्थ्यमा सशक्तिकरण गराउन आवश्यक रहेको अधिकारकर्मीहरुको सुझाव छ । 
 

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts