संसारभरका मानिसमा खोप प्रतिको विश्वास घट्दो, विश्वव्यापी स्वास्थ्य संकटको खतरा



Download our app to get more features

बीबीसी, ५ असार । खोपप्रति आम मानिसमा अविश्वासले घातक तर रोक्न सकिने सङ्क्रामक रोगहरूविरुद्धको लडाइँमा विश्वले उल्टो कदम चालिरहेको सङ्केत दिने विज्ञहरूले चेतावनी दिएका छन् ।

मानिसहरूको खोपप्रतिको धारणाबारे गरिएको हालसम्मको सबभन्दा विस्तृत विश्वव्यापी अध्ययनले केही क्षेत्रमा चिन्ताजनक स्तरमै कम विश्वास रहेको पाइएको छ ।

वेलकम ट्रस्टले गरेको विश्लेषणमा १ सय ४० भन्दा धेरै देशका १ लाख ४० हजार जनाको प्रतिक्रिया समेटिएको छ ।

यो अध्ययनको निचोड त्यतिबेला आएको छ जतिबेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खोपप्रतिको हिच्किचाहटलाई संसारमा सबभन्दा खतरनाक १० समस्यामध्ये एक भनेको छ ।

विश्वव्यापी सर्वेक्षणले धेरै सङ्ख्यामा मानिसहरूमा खोपप्रति थोरै मात्र भरोसा वा विश्वास भएको देखाएको छ ।

के खोप सुरक्षित छन् ?
७ सय ९५ (१० मा ८ जना) ले “थोरै“ वा “एकदम सहमत“ भएको बताए
७५ ले “थोरै“ वा “एकदम असहमत“ भएको बताए
१ सय ४५ ले सहमति वा असहमति केही जनाएनन् र “थाहा छैन“ भने

के खोपले काम गछ र्? भनेर सोधिएको प्रश्नमा

८सय ४५ ले एकदम वा थोरै सहमत भएको बताए
५५ ले एकदम वा थोरै असहमत भएको बताए
१ सय २५ ले सहमति वा असहमति केही जनाएनन् र “थाहा छैन“ भने

यो किन महत्त्वपूर्ण छ ?

दादुरा जस्ता घातक एवं हानिकारक रोगहरूका विरुद्ध खोप नै सबभन्दा उत्तम रक्षाकवच भएको बारे अत्यधिक वैज्ञानिक प्रमाण उपलब्ध छन् ।

तर विगतमा निकै नियन्त्रणमा ल्याइसकिएको दादुरा जस्ता केही अन्य रोग पुनस् उदय हुन खोज्दैछन् । विज्ञहरू भन्छन् डर र गलत जानकारीले गर्दा मानिसहरूले खोपलाई त्याग्नु नै यसको एउटा मुख्य कारण हो ।

डब्लुएचओकि खोप विज्ञ डा एन लिन्ड्स्ट्राम भन्छिन् वर्तमान अवस्था निकै गम्भीर छ । “खोप प्रयोग प्रतिको हिच्किचाहटले कम्तीमा केही क्षेत्रमा विश्वले खोपबाट जोगाउन सकिने रोगको जोखिम कम गर्न भएका वास्तविक प्रगतिमा बाधा हुन सक्छ ।

फर्कियो दादुरा
दादुरा उन्मूलन हुनै लागेका देशहरूमा ठूला प्रकोप देखा परेका छन् ।

आँकडा भन्छन् विश्वका लगभग सबै क्षेत्रमा दादुराका घटना बढेका छन्। सन् २०१६ को तुलनामा २०१७ मा यो रोगका बिरामी ३०५ ले बढेका छन् ।

जुनसुकै कारणले किन नहोस् खोपको प्रयोग नगर्ने निर्णयले सम्बन्धित व्यक्ति एवं अन्यका निम्ति खतरा उत्पन्न गर्छ ।

यदि पर्याप्त मानिसले खोप प्रयोग गरे भने उक्त रोग सो समुदायमा फैलनबाट रोकिन्छ ( जसलाई विज्ञहरू समुदायगत प्रतिरोधी क्षमता भन्छन् ।

वेलकम ट्रस्टका इमरान खान भन्छन् “हामी यसबखत एकदमै चिन्तित छौँ किनभने दादुराको हकमा ९ सय ५५ भन्दा कम जनसङ्ख्यामा खोपको प्रयोग हुने बित्तिकै प्रकोप वा महामारी फैलन सक्छ, र हामी त्यही देखिरहेका छौँ ।”

कतिपय युरोपेली देशमध्ये फ्रान्समा दादुराको प्रकोप देखापरेका छन् । यहाँ ३ मध्ये एक मानिसले खोप सुरक्षित भएको मान्दैनन्। विश्वभरमै यो सबभन्दा धेरै प्रतिशत हो ।

साथै फ्रान्समा खोप अप्रभावकारी मान्ने जमात पनि धेरै छ । त्यहाँ १ सय ९५ ले खोप अप्रभावकारी मान्छन् तथा १०५ ले खोप बालबालिकाका निम्ति महत्त्वपूर्ण रहेको ठान्दैनन् ।

फ्रान्सको सरकारले त्यहाँका बालबालिकाका निम्ति पहिले देखि नै अनिवार्य भन्दै आएको ३ को अतिरिक्त अन्य ८ खोप सो सूचीमा थपेको छ ।

मानिस किन हिच्किचाउँछन् ?

सर्वेक्षणमा के देखियो भने जो मानिसहरूले वैज्ञानिक, चिकित्सक एवं नर्सहरूप्रति धेरै विश्वास जनाए, उनीहरू खोप प्रति पनि विश्वस्त हुने सम्भावना बढी छ । त्यस्तै जसले विज्ञान वा औषधि विज्ञान वा स्वास्थ्य प्रति दुविधा देखाए उनीहरू खोपप्रति पनि कम विश्वस्त हुने सम्भावना पाइयो ।

वेलकम प्रतिवेदनले खोप प्रतिको कम विश्वसनीयताका पूर्ण कारणको खोज गरेको छैन। तर अनुसन्धानकर्ताहरू भन्छन् यसका पछाडि थुप्रै कारण छन् ।

कतिपयको हकमा कम गम्भीरता नै यसको कारण हुन सक्छ । यदि कुनै रोग हराउँदै गएको छ भने खोप प्रयोग गर्ने आवश्यकता कम भएको अनुभव भएको हुन सक्छ । मानिसहरूले सम्भाव्य जोखिम र फाइदा तुलना गर्दा कम गम्भीरताका साथ लिन पनि सक्छन् ।

खोप सहित सबै औषधिको विविध असर हुन्छन्। तर खोप प्रयोगका लागि अनुमति दिनुभन्दा पहिले त्यसको सुरक्षित प्रयोग र प्रभावकारिताबारे थुप्रै परीक्षण गरिएका हुन्छन् ।

इन्टरनेट यस्तो चीज हो जहाँ मानिसहरूले आफ्ना विश्वास वा धारणा अरूसँग तत्कालै बाँड्न सक्छन् । त्यहाँ तथ्यमा आधारित नभएका जानकारी वा सूचना पनि फैलन्छन् ।

जापानमा एचपीभी खोपले स्नायुप्रणालीमा समस्या उत्पन्न गराउन सक्ने सम्भावना का चिन्ता निकै सार्वजनिक भए । विज्ञहरू ठान्छन् तिनै चिन्ताका कारण खोपप्रति आम धारणा र विश्वास नै खस्कियो ।

साथै फ्रान्समा इन्फ्लुएन्जाको एक खोप बारे विवाद फैलियो। सरकारले ठूलो परिमाणमा खोप खरिद गरेको र त्यो निकै छिटो समयमा उत्पादन गरिएकोले सुरक्षित हुन नसक्ने चिन्ता फैलियो। ब्रिटेनमा एमएमआर खोप र अटिजम् बारे गलत सूचना फैलिए ।

Last modified on 2019-06-21 11:27:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts