स्वास्थ्यका उपकरण खरिदमा अनियमितता भएको शंका, छानवीन सरु



Download our app to get more features

रुपन्देही, ४ असार । उपकरण खरिदमा अनियमितताको गुनासो आएपछि प्रदेश ५ को सार्वजनिक लेखा समितिले छानबिन थालेको छ। सामाजिक विकास मन्त्रालयबाट उपकरण खरिदसम्बन्धी कागजात मगाएर उपसमितिमार्फत छानबिन सुरु गरीएको छ ।

उपकरणमा खरिदमा अनियमितता भएको उजुरी लेखा समितिमा आएको सभापति डिल्ली चौधरीले जानकारी दिए । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालय र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेका उपकरणमा अनियमितता भएको गुनासो समितिमा परेको हो ।  एक्सरे मेसिन र रगत जाच्ने मेसिन खरिदमा अनियमितता भएको आशंका गरिएको छ ।

मन्त्रालय अन्तर्गतको प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्य संस्थालाई दिन १६ वटा हेमाटोलोजी उपकरण खरिद गरेको हो। खरिदमा बोलपत्र आह्वानमा तोकिएका मापदण्ड र अन्य विवरण एउटा मात्रै कम्पनीसँग मिल्ने गरी बनाइएको छ । यी मेसिन खरिदका लागि एक करोड बराबरको टेण्डर आह्वान गरिएको थियो।
केन्द्रले उपकरणका लागि आवश्यकता तय गर्न हिमशिखर बायोमेडिक प्रालीका बायोमेडिकल इन्जिनियर विजयकुमार विष्टलाई नियुक्ती गरेको थियो। विष्टले आफ्नै कम्पनीले नेपालमा भित्तर्याउने हेमाटोलोजी उपकरणसँग मिल्ने विवरण गराएका थिए। बि एन्ड इ नामक कम्पनीले उत्पादन गर्दै आएको ‘हेम्याक्स ३३० मोडलको हेमाटोलोजी उपकरणसँग मिल्ने गरी आवश्यकता तय गरेको तथ्य बाहिर आएको छ ।

आपुर्ति केन्द्रका निमित्त प्रमुख बुद्धि काफ्लेले यस्ता कुरा निराधार भएको वताए। उनले भने खरिद प्रक्रियामा छ वटा टेण्डर परेका छन् । कुनै एउटा कम्पनीसँग मिल्ने लागत अनुमान भएको छैन ।’ उनले भने, रगत जाच्ने मेसिन खरिद प्रक्रिया अझै सकिएको छैन। काफ्लेले बि एन्ड इ नामक कम्पनीका सामान नेपाल आयातमै रोक लगाइएकाले मिलेमतोको हल्ला निराधार भएको बताए।

स्वास्थ्य उपकरण खरिदको कागजात छानबिन गर्न कुलप्रसाद पोखरेलको संयोजकत्वमा समिति बनाइएको छ । यस समितिको सदस्यमा युवराज खनाल र बैजनाथ कलवार छन् ।  समितिले असार १० गतेसम्म प्रारम्भिक प्रतिवेदन बुझाउने समितिले जनाएको छ ।
 

Last modified on 2019-06-21 11:27:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts