छाला चिलाउँछ ? यसो गर्नुहोस्...
तपाईंको छाला रातो हुने, गिर्खा आउने, चिलाउने वा पानीफोका आउने, गिर्खाबाट पानीजस्तो निस्कने समस्या छ भने तपाईंलाई इक्जेमा भएको हुनसक्छ ।
यो समस्या बालबालिकालाई भन्दा ठूला मानिसमा बढी देखा पर्ने गर्छ ।
नुहाउँदा धेरै तातो पानीले ननुहाउनुहोला ।
मनतातो पानीले नुहाउन सकिन्छ, तर धेरै बेरसम्म पानीमा बस्न मिल्दैन।
नुहाइसकेपछि धेरै रगडेर नपुछ्नुहोस् ।
इक्जेमा भएको ठाउँमा मोइस्चराइजर लगाउन सकिन्छ ।
धेरै चिलाउने भागमा चिसो रुमाल राख्दा राम्रो हुन्छ ।
कहिलेकाहीँ मानसिक तनावबाट मुक्त हुन पनि जरुरी हुन्छ ।
(अमेरिकन एकेडेमी अफ डर्माटोलोजीमा प्रकाशित)
Last modified on 2019-06-19 16:32:58