निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न 

What's This?


Download our app to get more features

नुवकोट, ३० जेठ । नरदेवी आयुर्वेद चिकित्सालयले काठमाण्डौंल नुवाकोटको सदरमुकाममा रहेको नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा एकदिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर आयोजना गरेको छ ।

शिविरमा महिला पुरुष गरी ५ सय ५८ जनाले स्वास्थ्य परीक्षण गराएको अस्पतालका निरीक्षक राजकिशोर यादबले जानकारी दिए ।  शिविरमा निशुल्क स्वास्थ्य परिक्षण र औषधि बितरण गरीएको यादबले बताए ।
 
अस्पतालका नि. निर्देशक डा.रामदेब यादबले शिबिरमा पेट, बाथरोग, नशा र छालासम्बन्धी रोगहरुको साथै स्त्री तथा प्रसुति रोगको परीक्षण गरिएको जानकारी दिए । 

शिविरमा आयुर्वेद चिकित्सक डा. जनकराज अधिकारी, डा.रामचन्द्र अधिकारी, डा.सरीता बजगांई लगायत ६ जना चिकित्सक र स्वास्थयकर्मी हरुले सेवा दिएका थिए । चिकित्सालयले यस्तै शिविर आगामी असार १२ गते सिन्धुपाल्चोकको चौतारामा पनि सञ्चालन गर्ने नरदेवी चिकित्सालयले जनाएको छ ।

नेपाल सरकार आयुर्वेद विभाग मातहतमा रहेका १४ अंचल आयुर्वेद औषधालय, ६१ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र ३०५ साधारण आयुर्वेद औषधालयको रिफरल सेन्टरका रुपमा नरदेवी चिकित्सालय रहेको छ ।

चिकित्सालयले आयुर्वेद चिकित्सालाई समयानुकुल सुविधासम्पन्न र आधुनिक बनाई गरि आयुर्वेद चिकित्सा पद्धतिलाई प्रवद्र्धन गर्ने बताउँदै आएको छ । 


 

Last modified on 2016-06-12 15:29:40

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts