समता अस्पतालमा झुन्डिएको अवस्थामा युवतीको शव



Download our app to get more features

काठमाडौं, ३ असार । बौद्धमा रहेको समता अस्पतालमा झुन्डिएको अवस्थामा एक युवतीको शव फेला परेको छ । अस्पतालकी कर्मचारी २७ वर्षीया बिमला तामाङ अस्पतालको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत बौद्धका डिएसपि नरेन्द्र चन्दले जानकारी दिए । 

तामाङ सोमबार घर नफर्केपछि मंगलबार बिहानै खोजि गर्दा अस्पतालको शौचालयमा झुन्डिएको अवस्थामा शव फेला परेको हो । शव फेला परेसंगै मृतकका आफन्तले अस्पतालमा तोडफोड र नाराबाजी गरिरहेको पनि डिएसपि चन्दले बताए । 

उनले भने 'घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । चन्दका अनुसार अहिले अस्पताल प्रशासन र मृतकका आफन्त बिच प्रहररीको रोहवरमा छलफल भइरहेको छ ।' मृतक तामाङ अस्पतालमा सरसफाइको काम गर्थिन ।   

Last modified on 2019-06-18 16:10:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts