ओम अस्पताल मृत्यु प्रकरण: यसरी भयो समाधान



Download our app to get more features

काठमाडौं, २ असार । बिरामीका आफन्त र अस्पतालबिच वार्ता पनि ओम अस्पतालको तनाब अन्त्य भएको छ । उपचारका क्रममा सिन्धुपाल्चोककी रामप्यारी थापाका चार दिनअघि ओम अस्पतालमा मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको थियो । उपचारमा लापरवाहि भएको भन्दै परिवार तथा आफन्तजनले अस्पतालमा प्रदर्शन गरेका थिए । तर यो समस्याको समाधान भइसकेको अस्पतालले जनाएको छ । 

आइतबार अपरान्ह अस्पतालको तर्फबाट मृतकप्रति समवेदना प्रकट गर्दै बिरामी पक्षले अस्पताललाई तिर्न बाँकी रकम मानविय हिसावले मिनाहा गर्ने सहमति भएसंगै तनाव अन्त्य भएको हो ।

ओम अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्की, मृतकका आफन्त मोहन थापा तथा गौशाला प्रहरीको रोहबरमा प्रहरी कार्यालयमा सहमति भएको हो । सहमतिपछि आफन्तले रामप्यारी थापाको शव बुझेका  र रामप्यारीको हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटमा हिजो नै अन्त्येष्टि गरिएको रामप्यारीका बैनी ज्वाइँ खड्ग श्रेष्ठले जानकारी दिएका छन् । पिडित पक्षले अस्पताल परिसरमा ४ दिनदेखि धर्ना दिँदा अस्पतालमा उपचाररत अरु बिरामीलाई समेत असर परेको भन्दै आइतबार प्रहरीले अस्पतालबाट लाश उठाएपछि धर्नामा बस्नेहरु यत्रतत्र भएका थिए ।

वडा कार्यालयले वार्ता अस्पतालमा नगरी प्रहरी प्रशासनमा गर्न दुवै पक्षलाई सहजीकरण गरेपछि वार्ता सफल भएको ओम अस्पतालले जनाएको छ ।
सिन्धुपाल्चोक इन्द्रावती–१० की ५० वर्षीया रामप्यारी थापाको ओम अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा गत बिहीबार मृत्यु भएको थियो ।

Last modified on 2019-06-17 16:49:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts