पुल दरवन्दीको सिफारिसमा गम्भिर त्रुटि भएको गोदानको आरोप
.jpg&w=800&h=480&static=true)
काठमाडौं, २८ जेठ । स्थानीय र प्रदेशमा समायोजन भएका विशेषज्ञ चिकित्सकलाई पूल दरबन्दी सिर्जना गर्ने भनिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको पूल दरबन्दीको सिफारिस पत्रमा गम्भीर त्रुटि देखिएका सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले आरोप लगाएको छ ।
चिकित्सकहरुको निवदेन र उजुरी बिना संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट संघमा समायोजन भइसकेका चिकित्सकलाई अनाहकमा पूल दरबन्दीको सिफारिस गरिएको पाइएको गोदानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, स्थानीय र प्रदेशमा समायोजन भएका विशेषज्ञ चिकित्सकलाई सिफारिस गर्नु पर्नेमा केही चिकित्सकको नाम सिफारिस सूचिमा छुट्न गएको गोदानले जनाएको छ ।
यसकारण पूल दरबन्दीको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिसको लागि तयार गरेको सुचि यथासिघ्र संसोधन गरेर संघमा समायोजन भएका चिकित्सकहरुको नाम हटाएर स्थानीय र प्रदेशमा समायोजन भएका चिकित्सकहरुको नाम पूल दरबन्दीका लागि राखेर नयाँ सिफारिस पत्र प्रेसित गर्न गोदानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ ।
यी हुन् पूल दरवन्दीका लागि सिफारिस गर्नुपर्ने चिकित्सक र अनाहकमा पूल दरवन्दीका लागि सिफारिस भएका चिकित्सक